इलाम : इलामको पश्चिमी गाउँपालिका फाकफोकथुमको केन्द्र रहेको आमचोक बजार क्षेत्र व्यवस्थित गर्न थालिएको छ । कालोपत्रे सडकले नजोडिएको गाउँपालिकाको केन्द्र आमचोक बजार प्रदेश सरकारको बजेटबाट व्यवस्थित गर्न थालिएको हो ।
आमचोक बजार फाकफोकथुम गाउँपालिकाको केन्द्र हो । पश्चिम इलाममा अवस्थित गाउँपालिकाको केन्द्र रहको बजार क्षेत्रको सडक व्यवस्थित थिएन । बजार क्षेत्रमा हिउँदमा धुलो र वर्षातमा हिलो हुँदा सर्वसाधारणलाई आवतजावतमै समस्या रहेको थियो । हिलो र धुलोको समस्या हटाउन आमचोक बजार क्षेत्रको सडक प्रदेश सरकारबाट व्यवस्थित गरिँदै आएको हो ।
आमचोक बजार आर्थिक वर्ष २०८०÷०८१ बाटव्यवस्थित गर्न थालिएको हो । आमचोक बजार क्षेत्रको सडक चौडा गरि पक्कि गर्ने काम अहिले हुँदै आएको छ । सडक चौडासँगैँ कालोपत्रे र ढलाई हुँदै आएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।
आमचोक बजार व्यवस्थित गर्न २०८०÷०८१ मा ५० लाख रुपैँयाखर्च भएकोे थियो । ५० लाख बजेटबाट सडकमा पक्कि ढलान गरिएको हो । बजार क्षेत्रको सडक चौडा सँगै पक्कि नाला बनाउने काम चालु आर्थिक वर्षमा हुँदै आएको फाकफोकथुम गाउँपालिका ३ का अध्यक्ष दिपेन्द्र लिम्बुले बताए।
चालु आर्थिक वर्षमा ५० लाख बजेट प्रदेश सरकारबाट बिनियोजन भइ काम हुँदै आएको हो । चालु आर्थिक वर्ष आमचोक बजार क्षेत्रको १ किलोमिटर नालासहित सडक कालोपत्रे स्तरमा निर्माण हुनेछ । बजार क्षेत्रमा सडक क्षेत्राधिकार भित्र पर्ने टहरा भत्काएर ढल व्यवस्थापनका लागि पक्कि नाली सहितका पूर्वाधार निर्माणहुँदै आएको हो । सहरी सडक व्यवस्थित भएपछि गाउँपालिकाको केन्द्र माहिलो र धुलोको समस्या अन्त्य हुनेछ । गाउँपालिकाका स्थापना भएको ७ वर्षपछि आमचोक बजार व्यवस्थितहुँदा स्थानीय उत्साहित समेत भएका छन् ।