इलाममा नयाँ प्रहरी प्रमुखको इन्ट्री,लागुऔषध र अवैध निकासी नियन्त्रणमा जोड दिने प्रतिबद्धता

  नयाँ बुलन्द
315 Shares


इलाम : इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालाले लागुऔषध र अवैध निकासी नियन्त्रणमा आफू प्रतिबद्ध रहेको बताएका छन् । हालै इलामको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कोइरालाले सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै लागुऔषध प्रयोगकर्ता र वितरकहरूलाई नियन्त्रण गर्न आफ्नो मातहतको प्रहरीलाई निर्देशन दिने बताए।

उनले तराईसँग सिमाना जोडिएका पालिकाहरूमा यसको समस्या बढी देखिएकाले विशेष निगरानी राख्ने बताए। सञ्चारकर्मीहरूले प्रहरी प्रमुखसँगको अन्तरक्रियामा आउने समस्या सुन्ने मात्रै समाधानमा नलाग्ने गुनासो गरेपछि उनले आफ्नो कार्यकालमा सकारात्मक सन्देश छाडेर जाने बताए।

डिएसपी हुँदा यसअघि कार्यरत रहेका धेरै कार्यालयहरूमा प्रवक्ता भएर काम गरेको उल्लेख गर्दै उनले पत्रकार र सञ्चारकर्मीहरूसँग समन्वय गरेर अघि बढ्ने बताए। सीमा नाकामा हुने चोरी तस्करी नियन्त्रणका लागि मातहतका प्रहरीलाई तैनाथ राख्ने बताए।

समयमा सूचना नपाउने गुनासोबारे उनले सहज रूपमा पत्रकारहरूलाई सूचनाको पहुँचमा पुग्नका लागि आफू तयार रहेको बताए। परिचयात्मक कार्यक्रममा सहभागी पत्रकारहरूले लागुऔषध, सीमा नाकाबाट हुने अवैध निकासीका बारेमा प्रश्नहरू राखेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार