फागुन १६ गते करफोकमा कन्दरा ब्याण्ड आउँदै

  नयाँ बुलन्द
126 Shares

फिक्कल : आउँदो फागुन १६ गते इलामको सूर्योदय नगरपालिका १२ को करफोकमा नेपालकै चर्चीत कन्दरा ब्याण्डको सांगीतिक प्रस्तुती रहने भएको छ ।

सूर्योदय होटल ब्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सह आयोजनामा कन्दराको कार्यक्रम हुन लागेको हो ।

सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले सूर्योदय नगरपालिकाको पर्यटन प्रवर्धनका लागि कन्दरा ब्याण्डको सांगीतिक प्रस्तुती करफोकमा राखीएको जानकारी दिए । उनले भने, ‘कन्दरा सांगितिक कार्यक्रम लिएर बिश्व भ्रमण गरीरहेको छ, यो ब्याण्डले हाम्रो नगरको प्रचार प्रसारमा सहयोग पुग्छ भन्ने हो ।’

आयोजकले टिकट छपाउने लागायतका सबै तयारीको काम भइरहेको छ । कार्यक्रममा इलाम , झापा, पाँचथर , ताप्लेजुङ र छिमेकी भारतबाट ठूलो संख्यामा संगीत प्रेमी आउने अपेक्षा गरीएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार