सरकार र बन्दकर्ता दुवैलाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न यातायात ब्यबसायीको आग्रह

  नयाँ बुलन्द
119 Shares


इलाम :  ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विगत माघ १५ गतेदेखि आह्वान गरिएको अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित भएको छ। बन्दको कारण यातायात व्यवसायीहरु मर्कामा परेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति, इलामले बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै बन्दले व्यवसायीहरुलाई परेको समस्याबारे जानकारी गराएको छ। महासंघले सरकार र बन्दकर्ता दुवैलाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “आज ३ दिन बितिसक्दा पनि यातायात खुल्न सकेको छैन। अनिश्चितकालीन यातायात बन्दले आम जनजीवन प्रभावित हुनको साथै यातायात व्यवसायीले नेपाल सरकारलाई २ सय साठी प्रतिशात  सम्म भन्सार शुल्क बुझाई चर्को मूल्यमा बैंकबाट लोन लिई गाडी खरिद गरी मासिक किस्ता तिर्दै यातायात सञ्चालन गर्दै आएकोमा बन्दका कारण उक्त किस्ता तिर्न समेत नसकिने भएको यातायात मजदुर र मजदुरमा परिवारहरुलाई जीवन यापन गर्न समेत समस्या परेकाले यातायात व्यवसायीहरूको यो जटिल अवस्थालाई मध्यनजर गरी सरकार र बन्दकर्ता गम्भीर भई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न राज्य र बन्दकर्ताहरुमा विनम्र अनुरोध गर्दै अविलम्ब यातायात सुचारु गर्ने वातावरण तयार गर्न अनुरोध गर्दछौं।”

महासंघले यातायात व्यवसायीहरुको जटिल अवस्थालाई मध्यनजर गरी तत्काल यातायात सुचारु गर्ने वातावरण बनाउन सरकार र बन्दकर्ताहरुलाई आग्रह गरेको छ।

खड्ग श्रेष्ठ (झापा संयोजक), गृष्म सुब्बा (इलाम संयोजक), मिलन गिरी (पाँचथर संयोजक) र दिलिप श्रेष्ठ (ताप्लेजुङ संयोजक) द्वारा हस्ताक्षरित विज्ञप्तिमा समस्याको समाधानको लागि पहल गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार