सिंगापुरको पर्यटनबाट नेपालले केही सिक्न सक्छ ?

  निनाम लोवात्ती
56 Shares

हालसालै आएको पछिल्लो ताजा तथ्यांकअनुसार सन् २०२४ मा विश्व पर्यटन क्षेत्रमा ९९ प्रतिशतले रिकभर भएको छ । भनाइको मतलब अब विश्व पर्यटन क्षेत्रमा सन् २०१९ को तुलनामा पुग्न एक प्रतिशत मात्रै बाँकी रहेको छ । यसअघि सन् २०२५ लाग्ने बित्तिकैको तथ्यांकमा चाहिँ ९८ प्रतिशतले रिकभर भएबको भनिएको थियो, विश्व पर्यटन क्षेत्रमा सन् २०१९ को तुलनामा पुग्नका लागि । हुन पनि सन् २०२४ मा विश्वमा एक दशमलब चार (१.४) बिलियन पर्यटन घुम्न निक्लृका छन् । जबकि सन् २०२३ मा चाहिँ एक दशमलब द्दड (१.२८) बिलियन पर्यटक विश्वभरि घुम्न निक्लेका थिए । जे भए तापनि यो लेखमा चाहिँ सिंगापुर र नेपालको पर्यटनलाई तुलना गरेर केही लेखिने छ ।

हुनत धेरै कुरोहरुमा सिंगापुर र नेपालको तुलना गर्न सकिँदैनन् २०१९ को तुलनामा पुग्न अब , हुन सक्दनैन । खास गरी विज्ञान, सूचना, प्रविधि, सञ्चार, भौतिक विकास, सरकारले दिने सेवा, सुविधा, व्यक्तिको आयस्रोत, जीवनस्तर, आर्थिक स्थिति, जनस्वास्थ्य, शिक्षा, व्यापार, औसत आयु, सडक सञ्जाल, जल सञ्जाल, हवाई यातायात सेवामा मारेको फड्को आदिलाई लिने हो भने नेपाल र सिंगापुरबीच तुलना गर्नु भनेको न त ‘फेद’सँग मिल्ने तुलना हो, न त ‘टुप्पो’सँग नै मिल्ने ?!

तापनि सिंगापुर र नेपालको तुलना गर्दा नेपाल सिंगापुरसँग तुलना योग्य भनेको जनसंख्या र भूगोलमा हो । हो, भूगोल र जनसंख्याको आधारमा चाहिँ नेपाल सिंगापुरभन्दा धेरै ठूलो देशका रुपमा रहेको छ । हुन पनि नेपाललाई भूगोल र जनसंख्याको आधारमा तुलना गरेर हेर्दा विश्वकोे मध्यमस्तरको देशहरुमा गनिन्छ, मानिन्छ । जबकि, सिंगापुर चाहिँ भूगोलको र जनसंख्या दुवै आधारमा हेर्दा लगभग अन्तिम देशका रुपमा गनिन्छ । जस्तो कि भूगोलको आधारमा हेर्दा नेपालले विश्वको ९३ औं देशका रुपमा रहेको छ । सिंगापुरचाहिँ भूगोलको आधारमा विश्वको १९१ (७२५ किमि) औं स्थानमा रहेको छ । त्यस्तै जनसंख्याको आधारमा तुलना गरेर हेर्दा नेपाल विश्वको ४९ औं जनसंख्याको देश रहेको छ । सिंगापुर विश्वको ११५ औं देशको रुपमा रहेको छ, जनसंख्याको आधारमा । नेपालको जनसंख्या २ करोड ९६ लाख ३२ हजार ५४९ जना रहेको छ भने, सिंगापुरको जनसंख्याचाहिँ ५८ लाख ५३ हजार ९०५ जना रहेको छ । तथ्यांक स्रोतः वोल्र्डोमिटर । तर मानिसको औसत आयुमा चाहिँ १३ वर्षको फरक देखिन्छ, नेपाली र सिंगापुरियनहरुको । नेपालीहरुको औसत आयु चाहिँ केवल ७० वर्ष रहेको छ भने, सिंगापुरका जनताको औसत आयु ८३ वर्ष रहेको छ ।

अन्य कुरोमा पनि सिंगापुर धेरै अगाडि रहेको छ । जस्तो कि, विश्वका विकसित देशहरुको सूचीमा पनि सिंगापुर १२ औं स्थानमा रहेको छ । हुन पनि मानव विकास, विज्ञान, सूचना, प्रविधि, कलकारखाना, पर्यटन, व्यापार, सामुन्द्रिक बन्दरगाह, बैंक, वित्त, जल यातायात, सेवा क्षेत्र आदिका कारण सिंगापुर हाम्रो देशभन्दा धेरै अगाडि रहेको छ । विश्व बैंकले सन् २०२१ मा जारी गरेको एक तथ्यांकअनुसार सिंगापुरको प्रति व्यक्ति आय ७२ हजार ९४ अमेरिकी डलर छ भने, नेपालको प्रति आय केवल १ हजार २२२ रहेको छ । त्यस्तै ‘मानव विकास सूचांक २०२२’ मा सूचीकृत देशहरुको सूचीमा पनि सिंगापुर ११ औं स्थानमा रहेको छ । नेपाल चाहिँ १३९ औं स्थानमा रहेको छ । त्यस्तै विदेशी पर्यटक भित्र्याउने सन्दर्भमा पनि नेपालले सिंगापुरलाई सयौं वर्षसम्म पनि भेटाउन नसक्ने देखिन्छ । यो लेख सिंगापुर र नेपालको पर्यटन आगमन संख्याबारे तुलना गरेर केही लेखिएको छ ।

हो, त्यसरी तथ्याक हेर्दाखेरि सन् २०२१ मा सिंगापुरले ३३ लाख विदेशी पर्यटक भित्र्याउन सफल भएको, थियो भने, सन् २९०२४ मा ५३ लाख विदेशी पर्यटक भित्र्याउन सफल भएको थियो । त्यस्तै सन् २०२३ मा चाहिँ ३६ लाख विदेशी पर्यटकले सिंगापुर भ्रमण गरेका थिए । यसरी सिंगापुर भ्रमण गर्ने विदेशी पर्यटकको संख्या तुलना गरेर हेर्दा सन् २०२३ को तुलनामा सन् २०२४ मा २२ प्रतिशतले बढेको थियो । यता नेपालमा चाहिँ सन् २०२१ मा जम्मा १ लाख ५० हजार ९६२ विदेशी पर्यटकले मात्रै भ्रमण गरेको तथ्यांक रहेको छ भने, सन् सन् २०२३ मा ६ लाख १४ हजार चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने । त्यस्तै २०२४ मा चाहिँ ११ लाख ४७ हजार ५६७ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । त्यस्तै गरेर सन् २०२१ मा सिंगापुर भ्रमण गर्न आएका ३३ लाख विदेशी पर्यटकबाट एक दशमलब नौ बिलियन सिंगापुरियन डलर आर्जन गर्न सफल भएको भनेर सिंगापुर पर्यटन बोर्ड (एसटीबी) ले जनाएको थियो । ‘एसटीबी’का अनुसार सन् २०१९ को डिसेम्बर अन्तिममा चीनबाट विश्वव्यापी रुपमा पैmलन सुरु भएको कोरोना महामारीकै बीच सन् २०२० मा पनि २७ लाख विदेशी पर्यटकले सिंगापुर भ्रमण गरेका थिए भने, ती विदेशी पर्यटकले ४.०४ बिलियन सिंगापुर डलर खर्च गरेका थिए ।

तर, हाम्रो देश नेपालमा चाहिँ सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले भ्रमण गरेका थिए भने विदेशी पर्यटकबाट भएको आमदानी २१ अर्ब ७ लाख नेपाली रुपैँया बराबरको विदेशी मुद्रा थियो । एसटीबीको तथ्यांकअनुसार सिंगापुरमा सन् २०१९ को तुलनामा सन् २०२० मा ८७ दशमलब ७ प्रतिशत कम विदेशी पर्यटकले भ्रमण गरेका थिए । यता नेपालमा चाहिँ लगभग ९१ प्रतिशतले विदेशी पर्यटक आगमनमा कमी आएको थियो । त्यस्तै एसटीबीको तथ्यांकअनुसार सन् २०१९ मा चाहिँ सिंगापुरमा १९ दशमलब १ मिलियन अर्थात् १ करोड ९१ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए । साथै ती विदेशी पर्यटकले सिंगापुर भ्रमणका क्रममा २७ दशमलब ७ बिलियन सिंगापुर डलर खर्च गरेका थिए । नेपालमा चाहिँ सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । साथै सो वर्ष नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट ७२ अर्ब ४३ करोड ३७ लाख नेपाली रुपैँया बराबरको विदेशी मुद्रा आमदानी भएको तथ्यांक रहेको छ ।

सिंगापुरमा सन् २०२२ मा चाहिँ ४० लाखदेखि ६० लाख विदेशी पर्यटकले सिंगापुरको भ्रमण गर्ने भनी एसटीबीले अग्रिम प्रक्षेपण गरेको थियो । हुन पनि सन् २०२२ को प्रथम ६ महिनामै १५ लाखभन्दा बढी विदेशी पर्यटकले सिंगापुरको भ्रमण गरिसकेका थिए । ऊ वेला एसटीबीले निकालेको तथ्यांकअनुसार सन् २०२० मा सिंगापुर भ्रमणमा आउने सबैभन्दा धेरै पर्यटक इन्डोनेसियाका रहेका थिए भने, दोस्रो नम्बरमा भारत, तेस्रोमा मलेसिया, चौथोमा अष्ट्रेलिया र पाँचौमा फिलिपिन्स रहेका थिए । एसटीबीको सो तथ्यांकमा उल्लेख गरिएअनुसार सन् २०२० मा इन्डोनेसियन पर्यटक २ लाख ८२ हजार, भारतीय पर्यटक २ लाख १९ हजार, मलेसियन पर्यटक १ लाख ३९ हजार, अष्ट्रेलियन पर्यटक १ लाख २५ हजार एवम् फिलिपिनी पर्यटक ८१ हजारले सिंगापुर भ्रमण गरेको देखिन्छ । त्यस्तै सन् २०२१ मा चाहिँ ५४ हजार भारतीय पर्यटकले मात्रै सिंगापुरको भ्रमण गरेको देखिन्छ ।

हुन पनि हामीले विश्व भ्रमणमा निक्लने विदेशी पर्यटकको तथ्यांक सन् हेर्ने हो भने, २०१९ सम्मको तथ्यांकमा हरेक वर्ष चिनियाँ पर्यटकहरु सिंगापुर भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा पहिलो, दोस्रो, तेस्रो स्थानमा रहने गरेका थिए, छन् । हुन पनि पुरनो ातथ्यांकअनुसार पनि सन् २०१९ मा मात्रै ३० लाख ६४ हजार चिनियाँ पर्यटकले सिंगापुरको भ्रमण गरेका थिए भने, सो वर्ष ३० लाख ८ हजार इन्डोनेसियन पर्यटकले सिंगापुर भ्रमण गरेर दोस्रो स्थानमा रहेको थियो । त्यस्तै गरेर १० लाख ४२ हजार भारतीय पर्यटकले सिंगापुर भ्रमण गरेर तेस्रो स्थानमा रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार