यो लेख प्रकाशित हुँदा–अपलोड हुँदा यो वर्षको वर्ष जाडो सिजन लगभग सकिने छ । तापनि कफी भनेको सदाबहार पेय पदार्थ हो । हुन पनि तपाईँ–हामीमध्ये धेरैले कफी पिएका छौं भन्न सकिन्छ, खासगरिकन सहर–बजारमा बस्नेहरुले । हुन पनि के भनिन्छ भने, हामीले दैनिक १ देखि २–३ कप कफी पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । अझ मुटु रोगीहरुले त दैनिक १–२ कप कफी पिउनु स्वास्थ्यका लागि अति उत्तम हुन्छ । तर, त्यसरी कफी पिउँदा दूध हालेको भन्दा पनि सादा अर्थात् ब्ल्याक कफी ( चिनी नहाली) पिउनु राम्रे हुन्छ भन्ने विज्ञहरुको भनाइ रहेको छ । त्यसैले तपाईहरुले कफी पिउने गर्नु भएको छैन भने, अब दैनिक १–२ कप कफी पिउने गर्नु होस् । किनभने, यसो गर्नु मानव जीवनलाई स्वास्थय राख्ने अति उत्तम उपाय हो । त्यसैले चाँडै कफी पिउन सुरु गरिहाल्नुहोस् !? किनभने कफी पिउनुमा धेरै फाईदाहरु रहेको भनी विभिन्न अध्ययनहरुमा उल्लेख गरिएको छ ।
जस्तो कि, कफी पिउँदा हुने फाईदाका बारेमा केही वर्षअघ बेलायतस्थित ‘ब्रिटिश जर्नल’ले विस्तृत अध्ययन गरेर एक रिपोर्ट प्रकाशित गरेको थियो । सो रिपोर्टमा प्रकाशित अध्ययनअनुसार नियमित कफी पिउने गर्नाले कलेजो सम्बन्धी रोग र केही प्रकृतिका क्यान्सरका साथै पक्षघातका कारण मानिसहरुको मृत्यु हुने बढ्दो क्रम जो छ, त्यो कम हुन्छ । त्यस्तै अहिले विश्वमा नसर्ने रोगहरुमा प्रमुख मानिएको मुटु रोग सम्बन्धी जोखिम जुन गतिमा बढी रहेको छ, त्यसलाई पनि कम गर्न सकिन्छ, नियमित रुपमा कफी पिउने गरेमा । अध्ययनमा उल्लेख गरेअनुसार कफी कहिल्यै नपिउने मानिसको भन्दा नियमित रुपमा कफी पिउने मानिसको ह्रदयघात र मस्तिष्कघात लगायत अन्य स्वास्थ समस्याहरु पनि कम हुने अध्ययनमा उल्लेख छ । हो, त्यही कारण पनि अनुसन्धानकर्ताहरुले विभिन्न रोगबाट बच्नका लागि मानिसले नियमित रुपमा कफी पिउनुपर्ने सुझाव दिएका छन् । तर, हामीले ध्यान दिनुपर्ने के छ भने, हामीले पिउने कफीमा झुक्किएर पनि क्रिम र केक चाहिँ मिसाउनु हुँदैन भन्ने सुझाव दिएका छन्, अध्ययनकर्ताहरुले ।
अध्ययनमा संलग्न भई सहलेखन गरेका युनिभर्सिटी अफ साउथ ह्याम्सटनका प्राध्यापक पल रोडिङका अनुसार मानिसहरुले नियमित कफी पिउँदैमा कलेजो सम्बन्धी रोगी र प्रकृतिका क्यान्सरका साथै पक्षघातका कारण हुने मानिसहरुको मृत्यु हुने जुन जोखिम रहेको छ त्यो ‘छु–मन्तर !’ भई हाल्छ भन्ने छैन । किनकि मानिसको उमेर, मानिसमा रहेको धूमपान गर्ने लत, जाँड–रक्सी पिउने बानी, शारिरीक कसरत नगर्ने र, मानिसहरुको अनेक खाले आनीबानीले पनि आप्mनो समग्र जीवन एवम् स्वास्थ्य लगायत धेरै कुरो भर पर्ने बताएका छन् ।
सो अध्ययनमा उल्लेख गरिएअनुसार केही गर्भवती महिलाले चाहिँ सकेसम्म गर्भावस्थामा कफी पिउँदै नपिएको राम्रो हुने पनि जनाईएको छ । त्यस्तै गरेर बेलायतको स्वास्थ सम्बन्धी अध्ययन गर्ने अर्को एक संस्था ‘नेसनल हेल्थ सर्भिस (एनएचएस)’ का अनुसार गर्भवती महिलाहरुले कफी लगायत कुनै पनि स्रोतबाट प्राप्त हुने क्याफिन एक दिनमा १५० मिलिग्रामदेखि २०० मिलिग्रामभन्दा बढी हुनु जोखिम पूर्ण हुन सक्ने जनाईएको छ । त्यस्तै गरेर गर्भवती बाहेक हड्डी खिईने रोग अथवा हड्डी कमजोर भएका महिलाहरु पनि सकेसम्म कफी नपिएको राम्रो हुने बताईएको छ । अध्ययनकर्ताहरुका अनुसार स्वस्थ एवम् वयस्क उमेरका मानिसले पनि कफी पिउँदा सेतो चिनी नहालीकन (हाले पनि थोरै हाल्ने) पिउनुपर्ने जनाइएको छ । अझ हामीले सादा कफी (चिनी नहालेको) पिउने बानी बसाल्न सके हाम्रो शरीरलाई धेरै राम्रो हुने एवम् दैनिक जीवन स्वस्थ्य रहन मदत पुग्ने उल्लेख छ । त्यसैले जो कोहीले कफी पिउँदा सादा (चिनी नहालेको) कफी पिउन सल्लाह दिईएको छ ।
पाठक महानुभावहरु, अब त तपाईँहरुले कफी पिउनुको फाइदाबारे थाहा पाई हाल्नु भयो । त्यस्तै गरेर कफी कस्ता व्यक्तिले पिउँदा बेफाईदा हुन्छ वा नराम्रो असर गर्छ ? भन्ने बारेमा पनि थाहा पाउनु नै भयो । हुन पनि माथि नै उल्लेख गरियो कि कफी पिउनुको बेफाइदा भनेको महिलाहरु गवर्भवती हुँदाको समय र हड्डी कमजोर भएका मानिसहरुका लागि मात्रै देखियो । त्यसैले पैसो जोहो गर्न सक्ने मानिसहरुले नियमित ढंगले १ देखि २–३ कपसम्म (कपको साइजअनुसार) नियमित कफी पिउने गर्नुहोस्, कलेजो सम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण मानिसहरुको मृत्यु हुने दर र मुटु रोग सम्बन्धी जोखिमलगायत अनेक रोगहरुको जोखिमबाट बच्नुहोस् भन्ने पङ्तिकारको विनम्र आग्रह रहेको छ ।