माओवादी केन्द्र फाकफोकथुमको अध्यक्षमा प्रकाश राई, २७ सदस्यीय कमिटी निर्वाचित

  नयाँ बुलन्द
476 Shares

 

इलामः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) फाकफोकथुम गाउँपालिकाको दोश्रो अविबेशनबाट प्रकाश राई अध्यक्षमा निर्वाचित भएका छन् ।

स्थानीयतहमा लामोसमय देखि विभिन्न पद र तहमा जिम्मेवारी सम्हाल्दै पार्टीमा सकृय भूमिका निर्वाह गर्दै आएका राई यसपटक माओवादी केन्द्रको पालिका नेतृत्वमा चुनिएका छन् । विहिवार पालिका केन्द्र आमचोकको सभाहलमा सम्पन्न अधिवेशनबाट अध्यक्ष राईको नेतृत्वमा २७ सदस्यीय कमिटी चयन भएको प्रदेश सदस्य एवं पालिका सहइन्चार्ज प्रकाश परियारले जानकारी दिए ।

नवनिर्वाचित पार्टीको उपाध्यक्षमा केदारनाथ खनाल,अरुण दर्लामी र भुपाल लिम्बु चयन भएका छन् । सचिवमा हेमकण निरौला ,सह-सचिव चक्र खड्का  र कोषाध्यक्षमा बुद्द्माया लामा सर्वसहमत चयन भएका हुन् ।

यसैगरी,सदस्यहरुमा लक्ष्मण घतानी,छत्र दर्लामी,चुन बहादुर दाहाल,जगत बहादुर राई,याम प्रसाद अधिकारी,गोमादेवी बोहोरा,विनोद खड्का,मनकुमारी खड्का,घनश्याम लामिछाने र मीन प्रसाद राई चुनिएका छन् । यस्तै सदस्यहरुमा शेखरचन्द्र लामिछाने,पदम बहादुर बागदस,चन्द्र बहादुर गजमेर,विष्णुमाया थापा,दिलीप राई,भुपेन्द्र पौडेल,डिल्ली गुरुङ ,पुर्ण बहादुर राई,शेर बहादुर लिम्बु र प्रकृति परियार चयन भएको निर्वाचन समितिका संयोजक युद्धबहादुर बोहोराले जानकारी दिए ।

‘भ्रष्टाचार, बेथिती, विसंगती र अराजगता विरुद्धको हाम्रो अभियान, सुदृढ संगठन निर्माणको लागि दोस्रो ऐतिहासिक पालिका सम्मेलन’ नारासहित उत्साहपूर्वक सम्पन्न अधिवेशनमा आयोजक समितिका संयोजक के.वी. वान्तावाको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा( रमण) आतिथ्यता रहेको थियो ।

विशेष अतिथि, प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह इन्चार्ज कान्छा लावती, पार्टीको इलाम जिल्ला समन्वय समिति संयोजक विजय खम्बु,  प्रदेश सचिवालय सदस्य  ओम गुरुङ, प्रदेश सदस्य  जनम खम्बु, प्रदेश सदस्य  प्रकाश परियार,जिल्ला समन्वय समितिसदस्य पोष्टराज लामिछाने,वाइसीएल प्रदेश सदस्य भुपाल लिम्बु र सन्तोष लिम्बुलगायत आयोजक पदाधिकारी, सहिद एवं बेपत्ता परिवारका सदस्यहरुको उपस्थितिमा संयोजक युद्धबहादुर बोहोरा,सदस्य सरिता राई र शेर बहादुर पाण्डे रहेको निर्वाचन समितिको जिम्मेवारीमा अधिवेशन सम्पन्न भएको थियो।

अतिथिहरुबाट नवनिर्वाचित कमिटीलाई प्रमाणपत्र वितरण गर्दै सफलकार्यकालको शुभकामनासहित बधाई दिएका छन । कार्यक्रममा लक्ष्मण घतानीले स्वागत मन्त्यव्य राखेका थिए भने प्रकाश राईले संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार