इलाम : गत मंगलबार देखि ताप्लेजुङको पाथीभरामा केवलकार खारेजीको माग गर्दै अनिश्चितकालका लागी आह्वान गरिएको मेची राजमार्ग बन्दका कारण पुर्बी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण मंगलबार बिहानै बाट लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् । बन्दको प्रत्यक्ष असर इलाम, पाँचथर तथा ताप्लेजुङमा परेको छ । मेची राजमार्ग भएर चल्ने सवारी साधन झापामै रोकिएका छन् ।
मुकुमलुङ संरक्षणकारीहरूले पाथीभरामा केवलकार बन्न नहुने भन्दै आन्दोलन चर्काएका हुन्। केबलकार खारेज हुनुपर्ने माग सहित स्थानीय माथि गोली चलाएको विरुद्ध गरिएको बन्दको प्रभाव आज माग १७ गते पनि पुर्णरुपमा देखिएको छ ।
मुकुम्लुङ बचाओ संघर्ष समितिका पाँच घटकले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका हुन ।