दुःखका काममा १० हजार दिने फिदिम नगरपालिकाको घोषणा, बिरामीलाई एम्बुलेन्स भाडासमेत निःशुल्क

  नयाँ बुलन्द
77 Shares

पाँचथरः  फिदिम नगरपालिका क्षेत्रभित्रका नागरिकलाई दुःखका काममा १० हजार रुपैंया नगद दिने फिदिम नगरपालिकाले घोषणा गरेको छ । अबदेखि नागरिकले किरिया खर्च पाउने भएका छन् । नगरक्षेत्रका नागरिकलाई नगरपालिकाले किरिया खर्च दिने निर्णय गरेको हो ।
हालै सम्पन्न कार्यपालिकाको बैठकले नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न लोक कल्याणकारी निर्णयहरु गरेको हो । सोमबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यपालिकाको बैठकले गरेका निर्णयहरु सार्बजनिक गरिएको हो ।
त्यस्तै ‘कोखदेखि शोकसम्म’ कार्यक्रम मार्फत छुटसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो । गर्भवती महिला, ७५ बर्ष माथिका ज्येष्ठ नागरिक र ‘क’ बर्गको अपाङ्गता परिचय वाहकलाई जिल्ला अस्पतालसम्म ल्याउन र घर फर्काउनका लागि शत प्रतिशत छुट दिने निर्णय भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार