क्यान्सर पीडित फाकफोकथुमका डम्बर तामाङलाई कोरियाबाट एक लाख ४० हजार रुपैंया आर्थिक सहयोग

  युद्धबहादुर बोहोरा
210 Shares

messenger sharing button
whatsapp sharing button
इलाम: मुखको क्यान्सरबाट पीडित इलामको फाकफोकथुम-२ गोलेगाउँ निवासी डम्बरबहादुर तामाङलाई कोरियमा रहेका स्थानीय युवाले आर्थिक सहयोग गरेका  छन् । हाल दक्षिण कोरियामा रहेका स्थानीय युवाको पहलमा एक लाख ४० हजार रुपैंया संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको अभियानका अगुवा दावा फिन्जि तामाङले जानकारी दिए । निम्न आर्थिक अवस्था भएका तामाङ परिवारलाई उपचार गर्न कठिन भएर उनको अवस्था दिनानुदिन कम्जोर भइरहेको बेला सकेसम्म सहयोग पुर्याउने हेतुले उनको परिवारलाई रकम उपलब्ध गराइएको उनले बताए ।

गत वर्षदेखि मुखको समस्या भोगिरहेका करीब ६२ वर्षका तामाङ खर्च अभावले उपचार गर्न नसक्दा बाध्य भएर घरमै थन्किनु परेको छ । उपचार गर्दा  धेरै रकम लागेपछि  परिवारलाई खर्च जुटाउन धौधौ परेको हुँदा थप उपचारमा ढिलाई भएको पीडितका परिवारले बताए । निम्न आर्थिक अवस्था भएका तामाङ परिवारलाई उपचार गर्न कठिन भएर उनको अवस्था दिनानुदिन कम्जोर भइरहेको छ । स्थानीयबासीहरुबाट पनि थोरबहुत सहयोग भए तापनि जटिल रोगको उपचार गर्न धेरै खर्च लाग्ने भएको छ ।

थप उपचार गर्न आफ्नो आर्थिक क्षमताले नपुग्ने भएकाले परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै इच्छुक महानुभावले ९७६५२३४८१३,९८५२६८५१५७ ,९८१५९१३४६६   मा सम्पर्क गर्न अनुरोध गरेका छन् । सहयोगी दाताले दलबहादुर तामाङको नाममा सानिमा बैंकको खाता नम्बर 068011060001089 वा क्युआर कोड

मा सहयोग रकम जम्मा गरिदिन परिवारबाट अपिल  गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार