इलाम : नेकपा एमाले माङसेबुङ गाउँ कमिटि अध्यक्षमा मित्रकुमार खड्का निर्वाचित भएका छन् ।
शनिबार माङसेबुङ गाउँपालिका-३ चतुरे बजारमा भएको दोस्रो गाउँ अधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा टेकवीर योङहाङ, सचिवमा अतित योङहाङ, उपसचिवद्वयमा राजकुमार साम्बा र कल्पना बानु राई निर्वाचित भएका छन् ।