पाँचथरका चार स्थानीयतहमा सकियो माओवादी केन्द्रको अधिवेशन, कुन पालिकामा कस्को नेतृत्व ?

  नयाँ बुलन्द
1.9k Shares

 

पाँचथर: जिल्लाका चार स्थानीयतहमा माओवादी केन्द्रको अधिवेशन सकिएको छ । हालसम्म सम्पन्न अधिवेशनमा याङ्वरक,तुम्वेवा,फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका गरी चार स्थानीय तहको अधिवेशन सकिएको हो । सबै भन्दा पहिला माघ ६ गते पार्टीको दोस्रो पालिका सम्मेलनबाट  याङ्वरक गाउँपलिका कमिटीको अध्यक्षमा सूर्यमान बेघा निर्वाचित भएका छन् ।

बेघाको नेतृत्वमा ३७ सदस्यीय पालिका कमिटी निर्वाचित भएको हो ।  उपाध्यक्षमा तेजकुमार राई, रणबहादुर गुरुङ र शान्ति लक्सम, सचिव योगेन्द्र बेघा, सहसचिव राजु राई र कोषाध्यक्ष अशोक राई निर्वाचित भएका हुन् ।

सदस्यहरुमा चन्द्र,पूर्ण,कृष्ण,पूर्णकुमार,खिम,सञ्चमाय,धनमाया,कपिलमान,देउ प्रकाश बेगा अस्मिका,बिक्रम,खेम बहादुर बेगा चयन भएका छन् ।

यस्तै, अन्य सदस्यहरुमा श्रीप्रकाश गुरुङ, जगत गुरुङ, देउ प्रकाश योङ्या,नेत्र ढकाल, इन्द्रकुमारी मेन्याङवो राई,धनकुमारी राई,पुजा राई,करमान मावो,यादु कुमारी मावो,कुमार मावो,बुद्ध कुमारी मावो,नर्व मावो,कर्ण मावो,प्रेम लक्सम, सञ्चु लक्सम,हेम जवेगु र मान बहादुर बानियाँ रहेका छन् ।

माघ १० गते पार्टीको दोस्रो पालिका सम्मेलनबाट तुम्वेवा गाउँपलिका कमिटीको अध्यक्षमा खड्ग सुन्दर सम्वाहाम्फे निर्वाचित भएका छन् ।

सम्वाहाम्फेको नेतृत्वमा ४५ सदस्यीय पालिका कमिटी निर्वाचित भएको हो । निर्वाचित पालिका कमिटीको उपाध्यक्षमा ख्याम बहादुर निरौला,दिपक रसाइली  र नेत्र बहादुर थापा,सचिवमा पर्शुराम राउत,सहसचिव आम बहादुर तिम्सिना र कोषाध्यक्षमा कुमारी कार्की निर्वाचित भएका हुन् ।

सदस्यहरुमा महेन्द्र सम्वाहाम्फे,टंक शेर्मा,टेकेन्द्र माङ्लाख,छत्र माङ्लाख,कलिमाया दमाई,खम्बमाया कार्की,पदम राई, प्रभा विक,पूर्ण कटुवाल,फुल कुमारी लावती र निर्मला नेपाली चुनिएका छन् । यस्तै अन्य सदस्यहरुमा मिलन सम्वाहाम्फे,भेष राज भट्टराई,सागर भट्टराई,इन्द्रसिं सम्वामाहाम्फे,भुवनसिं कार्की, कर्ण घिमिरे,प्रजापति खड्का, निर्मल दर्जी,दाबहादुर तामाङ,खिलानाथ थापा,मनिता खड्का,धनबहादुर पौडेल र किसन फागु निर्वाचित भएका छन् ।

यस्तै, फिदिम नगर कमिटीको दोस्रो अधिवेशन माघ ११ गते सम्पन्न भएको छ । अधिवेशनबाट विपन तुम्रोकको अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

अधिवेशनबाट उपाध्यक्ष रिन्जी शेर्पा, कविरमान तुम्बापो र कृष्णकुमारी गुरुङ, सचिवमा बलबहादुर राई, सहसचिवमा सुरेन्द्र फेवार  र कोषाध्यक्षमा हर्कमती राई (सरिता) निर्वाचित गरेको छ ।

सदस्यहरुमा प्रदिप बाँस्कोटा,चाहाना कन्दङ्वा, भीमा कुमारी दुलाल बाँस्कोटा, तारा लोहार, टीका मगर शेर्पा, बम बहादुर नेम्बाङ्ग ,विजयवोध लावती,भीमबहादुर गुरुङ, फुर्तेम्बा शेर्पा, ज्ञानु दुंगाना, चिलाहाङ सम्बाहाम्फे, कमला फुएल,सन्ध्या राई, मनकुमार राई, गणेश तुम्रोक, राजकुमार राई, शर्मिला खवास, कामना राई, हेमकला राई, रामकुमार आङ्देम्बे, राजेन्द्र राई, गुमा कुमारी नेम्बाङ, मिलन नेम्बाङ चुनिएका छन् । यसैगरी, सदस्यहरुमा सन्तोष विक, अमरबहादुर राई, दुतबहादुर बुढाथोकी, कान्छा लिम्बु, सरिता हाङसरुम्बा, सिता गिरी बर्देवा, राजेन्द्र राई, चन्द्रकला नेम्बाङ, धर्मराज नेम्बाङ, धनकुमार नेम्बाङ, शिखर राई, जय प्रेम तुम्रोक, रविना मगर, सुमन बुढाथोकी, प्रिती लामिछाने, मैनादेवी श्रेष्ठ, गणेशराज बाँस्कोटा, धनकुमार थाम्सुहाङ र मनकुमार राई चुनिएका छन् ।

माघ १२ गते पार्टीको दोस्रो पालिका सम्मेलनबाट  फाल्गुनन्द गाउँपलिका कमिटीको अध्यक्षमा इन्द्र कुमार नेम्वाङ निर्वाचित भएका छन् ।

नेम्वाङको नेतृत्वमा ४५ सदस्यीय पालिका कमिटी निर्वाचित भएको हो । निर्वाचित पालिका कमिटीको उपाध्यक्षमा दिल कुमार आङदेम्वे,धन कुमार तामाङ (अनिस) र मचिन्द्र आङदेम्वे,सचिवमा अमर आङदेम्वे र कोषाध्यक्षमा टिकामाया नेम्वाङ चुनिएका छन् । सदस्यहरुमा टिका माया नेम्वाङ,देउमान आङ्दम्वे,दान बहादुर दर्जी,तारा नाथ भट्टराई,धन बहादुर सिवा, सागर नेम्वाङ,पञ्च कुमार चेम्जोङ,विरेन्द्रसिं चेम्जोङ सकुन राई,सन्तोष कुमार चेम्जोङ,देवेन्द्र आङ्देम्वे,सुर्य आङ्देम्बे,पार्वती माया तामाङ र धनराज नेम्वाङ छन् । यसैगरी, सदस्यमा शैलेन्द्र आङ्देम्बे,मात्रिका दुलाल,सूर्य खतिवडा,शुक्रराज नेम्वाङ,गणेश नेम्वाङ,र्याने फुयाल,सन्तकुमार नेम्वाङ,कृष्ण दर्जी,घनेन्द्रराज नेम्वाङ,मचिन्द्र नेम्वाङ, दलबहादुर नेम्वाङ, जयमंगल तीर्थ हाङ्मा नेम्वाङ रहेका छन् ।

जिल्लाका आठ स्थानीयतहाको माघ मसान्त भित्र अधिवेशन सम्पन्न गरिने तालिका रहेको संयोजक विशाल रसाइलीले जानकारी दिए  । माघ ६ गते याङ्वरक गाउँपालिकाले सबै भन्दा पहिलो अधिवेशन सम्पन्न गरेको छ भने १० गते तुम्वेवा,११ गते फिदिम नगरपालिका र १२ गते फाल्गुनन्द गाउँपालिकाको सम्पन्न गरि सकेको छ । यसैगरी, माघ २६ गते फालेलुङ गाउँपालिकाको अधिवेशन सम्पन्न गरिने साथै हिलिहाङ,कुम्मायक र मिक्लाजुङ गाउँपालिकाको  भने मिति घोषणा हुन बाँकी रहेको जनाइएको छ । संगठनलाई थप सुदृढ गर्दै आगामी २०८४ सालको निर्वाचनमा पार्टीलाई देशको पहिलो पार्टी बनाउने अभियानमा सबैले सक्रिय भूमिका खेल्नु पर्नेमा जोड दिदै केन्द्रीय,प्रदेश र जिल्ला स्तरका नेताहरु अधिवेशन सम्पन्न गर्न खटिएको पार्टीका जिल्ला संयोजक  रसाइलीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार