प्रेस सेन्टर नेपाल प्रदेश नम्बर १ (कोशी)को अध्यक्षमा राजन राई

  नयाँ बुलन्द
147 Shares

messenger sharing button
इलामः  प्रेस सेन्टर नेपाल प्रदेश नम्बर १ (काेशी) को अध्यक्षमा राजन राई निर्वाचित भएका छन् ।
विराटनगरमा भएको तेस्रो अधिवेशनमा राईले ४१ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नवराज कट्टेलले ३६ मत प्राप्त गरे । यसअघि प्रदेश उपाध्यक्ष रहेका राईले कट्टेललाई ५ मतान्तरले पछि मात्रै जित हासिल गरेका हुन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सुजता लिम्बू, समावेशी उपाध्यक्षमा सेसेहाङ लावती, महासचिवमा गोकुल पराजुली, सचिवमा ईश्वर थापा, डिकेश लामा, बिनु तिम्सिना, सत्यनारायण शर्मा र कोषाअध्यक्ष झुलन रेग्मी निर्विरोध चयन भएका छन् ।

समितिको सदस्यमा हरि अधिकारी, बाबुराम मुडियारी, पवन साह, मनिता राई, अनिता रसाइली, मोतीराम रसाइली, प्रवीण बानियाँ, भीमकुमार चेम्जोङ, आईपी भट्टराई, नवीन सुनाम र दीपक अधिकारी निर्विरोध निर्वाचित भए ।
निर्वाचित कार्यसमितिलाई  प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सेन्टरलाई शसक्त संगठन निर्माण गर्न सबैलाई अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार