किरात याक्थुङ चुम्लुङ सन्दकपुर-५ को अध्यक्षमा थेवे

  नयाँ बुलन्द
98 Shares

इलाम : किरात याक्थुङ चुम्लुङ सन्दकपुर गाउँपालिका-५ जमुनाको अध्यक्ष केवी थेवे चयन भएका छन् ।

शनिबार भएको वडा अधिवेशनले थेवेको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा मनकुमार खम्दाक, सचिव देउकुमार थेवे, सहसचिव सन्जिव फागो र कोषाध्यक्षमा अनुजा खाम्दाक चयन भएका छन् ।

सदस्यहरुमा भिम थेवे, राजु खाम्दाक, केशरसिं सावाँ, बिमला थेबे, मनकुमारी खाम्दाक, हर्क साँवा, तेजेन्द्र खाम्दाक र कुशुम साँवा चयन भएका छन् ।

त्यस्तै सल्लाहकार समितिमा भरत थेबे, जितबहादुर साँवा, चित्रबहादुर फेदापे र निरबहादुर फागो चयन भएका छन् ।

अधिवेशन किरात याक्थुङ चुम्लुङ जिल्ला सदस्य रुद्र थेवेको उपस्थितिमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार