पाँचथरमा नेकपा(माओवादी केन्द्र)को स्थानीयतह अधिवेशन धमाधम, याङवरकमा बेघा

  नयाँ बुलन्द
343 Shares

 

पाँचथर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) याङवरक गाउँपालिका कमिटिको अध्यक्षमा सूर्यमान बेघा निर्वाचित भएका छन् । २०६३ सालबाट पार्टीको स्थानीय जिम्मेवारी पाएका बेगा अखिल (क्रान्तिकारी) पाँचथर बहुमुखी क्याम्पस इकाई कमिटिको सहसचिव हुँदै जिल्ला अध्यक्ष समेत भए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा उनी जिल्ला संयोजक बने । पार्टी फेरि अलग भएपछि उनी अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्यसमेत बनेका हुन् । यसअघि नेकपा (माओवादी केन्द्र) याङ्वरक गाउँपालिकाको उनी उपाध्यक्ष बनेका थिए ।

विद्यार्थी संगठनको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका बेगा हाल पार्टीको स्थानीय तहको मुख्य नेतृत्वमा पुगेका छन् । पार्टीको संगठन निर्माण र समाजसेवामा बढी समय बिताउँदै आएका  उनी जिल्लामा सकृय युवा नेताको रुपमा परिचित छन् । जिल्लाको पार्टी संगठनलाई थप उचाईमा पुर्याउन हरदम प्रयासरत रहने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

पार्टीको दोस्रो पालिका सम्मेलनवाट बेघाको अध्यक्षता ३७ सदस्यीय पालिका कमिटि निर्वाचित भएको हो । निर्वाचित पालिका कमिटिको उपाध्यक्षमा तेजकुमार राई, रणबहादुर गुरुङ र शान्ति लक्सम, सचिव योगेन्द्र बेघा, सहसचिव राजु राई र कोषाध्यक्ष अशोक राई निर्वाचित भएका हुन् ।

सदस्यहरुमा चन्द्र,पूर्ण,कृष्ण,पूर्णकुमार,खिम,सञ्चमाय,धनमाया,कपिलमान,देउ प्रकाश बेगा अस्मिका,बिक्रम,खेम बहादुर बेगा चयन भएका छन् ।

यस्तै अन्य सदस्यहरुमा श्रीप्रकाश गुरुङ, जगत गुरुङ, देउ प्रकाश योङ्या,नेत्र ढकाल, इन्द्रकुमारी मेन्याङवो राई,धनकुमारी राई,पुजा राई,करमान मावो,यादु कुमारी मावो,कुमार मावो,बुद्ध कुमारी मावो,नर्व मावो,कर्ण मावो,प्रेम लक्सम, सञ्चु लक्सम,हेम जवेगु र मान बहादुर बानियाँ रहेको पार्टीका जिल्ला संयोजक विशाल रसाइलीले जानकारी दिए  ।

जिल्लाका आठ स्थानीयतहाको माघ मसान्त भित्र अधिवेशन सम्पन्न गरिने तालिका रहेको संयोजक रसाइलीले बताए । माघ ६ गते याङ्वरक गाउँपालिकाको सम्पन्न भइको छ भने १० गते तुम्वेवा,११ गते फिदिम नगरपालिका,१२ गते फाल्गुनन्द गाउँपालिका र २६ गते फालेलुङ गाउँपालिकाको अधिवेशन सम्पन्न गरिने र हिलिहाङ,कुम्मायक र मिक्लाजुङ गाउँपालिकाको मिति घोषणा हुन बाँकी रहेको जनाइएको छ । पार्टी निकट अन्य जनबर्गीय संगठनहरुको पनि घमाधम  भइरहेको छ ।

पार्टीको गतिविधिलाई शसक्त बनाउँदै समय भित्रै अधिवेशन  सम्पन्न गर्न पार्टीका केन्द्रीय,प्रदेश र जिल्ला स्तरका नेताहरु विभिन्न पालिकाका तथा अधिवेशन स्थलमा सहभागी भइरहेको १ नम्बर प्रदेश कमिटी अध्यक्ष हर्क बहादुर नेम्वाङ ‘मिक्सो’ ले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्र हाल सरकार बाहिर बसेपछि पार्टी संगठन सुधारमा उल्लेख्य प्रगति भएको साथै हरेक क्षेत्रका नागरिक यस पार्टीमा प्रवेश गर्ने लहर बढेको बताए । पछिल्लो समय माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारले गरेका सुशासन र भ्रष्टचार विरुद्धको अभियानबाट आम नागरिक सन्तुष्ट हुनुले यस पार्टी प्रति जनताको आकर्षण बढेको उनको दावी छ ।

माओवादी पार्टीलाई जनताको आसलाग्दो र भरपर्दो केन्दको रुपमा नागरिकले विश्वास गर्न थालेका कारण इमान्दार बनेर जनपक्षीय काम गर्न पार्टी पङ्त्तीका सवैलाई उनले अपिल गरेका छन् ।

यता, प्रदेश सभा सांसाद तथा पूर्व मन्त्री इन्द्रबहादुर आङ्वो ‘मौसम’ पनि जिल्लाका विभिन्न कार्यक्रम र गतिविधिमा सकृय भूमिकाका साथ नागरिकसंग बाक्लो भेटघाटमा व्यस्त छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार