एजेन्सी । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पुर्ण रुपमा प्रतिवद्ध रहेको जानकारी दिनुभएको छ ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ओहोदाको प्रमाणपत्र बुझेपछि भएकोे शिष्टाचार भेटघाटका क्रममा उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति हर्जोगले विशेष गरी इजरायल सरकार विपिनसँगै सबै बन्धकहरूलाई फिर्ता ल्याउन पूर्णरूपमा प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको हो । भेटमा राजदूत पण्डितले विपिनको रिहाइका लागि नेपाल सरकारले गर्दै आएको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।
इजरायल र प्यालेस्टाइनको हमास समूहबीच भएको युद्धविराम सम्झौता अनुसार आगमी आइतवारदेखि दुवैको नियन्त्रणमा रहेका बन्दी छुट्नेछन् । जसमा पहिलो चरणमा ३४ जनाको सूचीमा थपिएर नेपाली विद्यार्थी विपिन पनि मुक्त हुन सक्ने र आइतवार छुट्ने सूचीमा नपरे त्यसको १६ औँ दिनमा दोश्रो चरणमा बिपिन छुट्ने इजरायलस्थित नेपाली दुताबासले जनाएको छ ।