कठै बीपी राजमार्ग तस्बिरहरु

  नयाँ बुलन्द
42 Shares

काठमाडौँ : गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षति पुर्याएको बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरुले सास्ती भोग्नु परेको छ ।

रोशीखोलाको बाढीले सो राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे हुने भएका कारण यात्रुहरुले सास्ती भोग्नु परेको हो ।  क्षतिग्रस्त राजमार्ग कहिले बन्ने टुंगो छैन ।

सरकारी स्तरको निर्णय र आर्थिक सहायता बिना बन्ने सम्भावना भने कम रहेको छ । त्यति समयसम्म भने कच्ची सडकमा नै यात्रा गर्नु पर्ने देखिन्छ ।

सो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड  रुपैयाँ लाग्ने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य शुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

 

bp-highway-road-81-10-5 (1).jpg
bp-highway-road-81-10-5 (2).jpg
bp-highway-road-81-10-5 (3).jpg
bp-highway-road-81-10-5 (4).jpg
bp-highway-road-81-10-5 (5).jpg
bp-highway-road-81-10-5 (6).jpg
bp-highway-road-81-10-5 (7).jpg
bp-highway-road-81-10-5 (8).jpg
bp-highway-road-81-10-5 (9).jpg
bp-highway-road-81-10-5 (10).jpg
bp-highway-road-81-10-5 (11).jpg
bp-highway-road-81-10-5 (12).jpg
bp-highway-road-81-10-5 (13).jpg
bp-highway-road-81-10-5 (14).jpg
bp-highway-road-81-10-5 (15).jpg
bp-highway-road-81-10-5 (16).jpg
bp-highway-road-81-10-5 (17).jpg
bp-highway-road-81-10-5 (18).jpg
bp-highway-road-81-10-5 (19).jpg
bp-highway-road-81-10-5 (20).jpg

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार