इलाम : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औं जिल्ला अधिवेशन आजदेखि इलाम सदरमुकाममा हुँदैछ ।
‘सक्षम जनशक्ति अखिलको नारा, संगठित बनौं विद्यार्थी सारा’ नारासहित सदरमुकामको गौतमबुद्ध सभागृहमा आयोजना गरिने अधिवेशन भोलिसम्म हुनेछ ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, तीन सहसचिव, कोषाध्यक्षसहित बढीमा ३९ जनाको जिल्ला समिति निर्वाचित गर्नेछ ।
नयाँ पदाधिकारीका लागि विभिन्न विद्यार्थीले रुचि देखाएका छन् । अध्यक्षका लागि अहिलेसम्म गोपाल आचार्य, दर्शन राई र सुशान्त चापागाईंको नाम चर्चामा छ ।अधिवेशनमा अढाई सय विद्यार्थी प्रतिनिधि सहभागी हुँदैछन् ।