दोहा (कतार) : १० जनवरी २०२५ शुक्रबारका दिन युमा साम्यो महासभा कतारले ककफेक्वा तङनाम (माघे संक्रान्ति) को अवसरसंगै संस्थाको आन्तरिक ताम्भुङ–चा (वनभोज) कार्यक्रम कतारस्थित अल वाक्रा समुद्रीतटमा रमाइलो गरी सम्पन्न गरयो ।
अध्यक्ष योगेन माखिमको अध्यक्षता, संस्थाका संरक्षक प्रेम आङबुहाङको विशेष उपस्थितिमा आयोजित ताम्भुङ–चा (वनभोज) कार्यक्रममा कन्दमुलको विशेष परिकार र अन्य नेपाली परिकारहरु तयार गरिएको थियो ।
संस्थाको पारिवारिक वातावरणमा सम्पन्न भएको रमाइलो वनभोज कार्यक्रममा युमा साम्यो महासभा कतारका सम्पुर्ण कार्य समिति र वचतकोषका सम्पुर्ण सदस्यहरु लगायत अन्य मित्रजनहरुको व्यापक सहभागिता रहेको कार्यक्रममा गीतसंगीतको धुनसंगै दिनभरजसो सहभागिताहरुले नाचेर गाएर रमाइलो गरेका थिए ।
कार्यक्रममा सहभागी सवैलाई उपाध्यक्ष विष्णु केदेमले हार्दिक स्वागत गरेका थिए । विभिन्न क्षेत्र तह र तप्कामा कार्यरत संस्थाका प्राय सवैजनाको छुटी भएको दिन, संस्था र वचतकोषको मासिक वैठक र कतारको अनकुल शितल मौसमको अवसर समेतलाई मध्यनजर गरेर समुद्रीतटमा ताम्भुङ–चा (वनभोज) कार्यक्रम आयोजना गरिएको संस्थाले बतायो ।
ताम्भुङ–चा (वनभोज) कार्यक्रमको व्यवस्थापनतर्फ अध्यक्ष योगेन माखिम, उपाध्यक्ष फुलमाया लिङदेन लिम्बु, उपाध्यक्ष रुपा चेम्जोङ, उपमहासचिव मौसम साम्योक वेघा, कोषाध्यक्ष देवी थेगुवा, सहकोषाध्यक्ष रिना लिङदेन लिम्बु, सचिव कृष्णमाया शेर्मा (कृपा), सहसचिव अन्जु फियाक लगायतको सक्रिय भुमिका रहेको थियो भने यातायातको व्यवस्थापनको लागि स्वयम् अध्यक्ष माखिम, कोषाध्यक्ष थेगुवा, सचिव ईच्छिङ लिम्बु, महासमिति सदस्य डम्बर फुङजेला केदेम र संस्थाको अन्य शुभचिन्तक मित्रहरुको महत्वपुर्ण भुमिका रहेको थियो ।
याक्थुङ जातिको मौलिक परम्परा, धर्म संस्कार सस्कृतिको संवाहक सामाजिक संस्थाको रुपमा नेपाली राजदुतावास दोहा कतारमा सुचीकृत गरिएको युमा साम्यो महासभा कतार सन् २०२२ मा स्थापित भई स्थापनाकालदेखि नै यस संस्थाले कतारमा स्थापित सवै संघसस्था समुदायहरुसंग समन्वय र सहकार्य गर्दै आइरहेको छ भने गत १३ दिसम्बरमा २०२४ मा यस सस्थाको प्रथम अधिवेसन सम्पन्न भई मिक्लाजुङ पाँचथर लिम्बाका योगेन माखिमको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भईसकेको छ ।
कतारमा दिसम्बर महिनादेखि मार्चसम्म अलि शितल हुने हुनाले नेपाली समुदायहरुले समुद्रीतटमा गएर आआफना जातिय चाडवाड मनाउने, रमाईलो वनभोज गर्ने, परिचयात्मक कार्यक्रमहरु गर्ने, सांगितिक कार्यक्रम, शुभकामना लगायतका विविध संस्थागत कार्यक्रमहरु गर्ने गर्दछन् ।