अखिल नेपाल लेखक संघ पाँचथरको अध्यक्षमा मचिन्द्र लोवा  - Nayabulanda.com

अखिल नेपाल लेखक संघ पाँचथरको अध्यक्षमा मचिन्द्र लोवा 

  नयाँ बुलन्द
63 Shares

पाँचथर: अखिल नेपाल लेखक संघ पाँचथर जिल्लाको प्रथम अधिवेशनबाट मचिन्द्र लोवा अध्यक्ष पदमा चयन भएका छन्। शनिबार फिदिममा सम्पन्न अधिवेशनले लोवाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।

कार्यसमितिमा उपाध्यक्ष पूर्ण परिचित जबेगू, सचिव नितिज निराकुल आङ्बो, सह-सचिव विक्रम पारखी केरुङ, कोषाध्यक्ष बिनु केरुङ र सदस्यमा रजनी हाङ्सरुम्वा, राजन खतिवडा, रिता मिश्र र सन्दीप लावती चयन भएका छन्।

नेकपा माओवादी केन्द्र निकट लेखक,कवि तथा रचनाकारहरूको भातृ संगठनको अधिवेशनमा पार्टीका प्रदेश सचिवालय सदस्य तथा पाँचथर सह-इन्चार्ज दिनेश लावतीले उद्घाटन गरेका थिए । कार्यक्रममा पार्टीका जिल्ला संयोजक विशाल रसाइली, फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङ, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य सुनिल आङ्बोको उपस्थिति थियो । अखिल क्रान्तिकारी प्रदेश कमिटीका अध्यक्ष चन्द्र माङ्मु, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजयबोध लावती, वाइसीएल केन्द्रीय सदस्य मनिस आङ्बो, फिदिम नगरपालिका कमिटी अध्यक्ष देवी थापा मगरसहित अन्य नेताकार्यकर्ताले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वाङ्मय प्रतिष्ठानका अध्यक्ष  केरुङले कवितासहित प्रस्तुत गर्दै शुभकामना व्यक्त गरे। प्रमुख अतिथि लावती,पार्टीका जिल्ला संयोजक  रसाइलीलगायतले संगठनलाई थप सशक्त बनाउँदै लेखक तथा साहित्यकारहरूको हकहित सुनिश्चित गर्न शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नव निर्वाचित अध्यक्ष लोवाले जिल्लाभरका लेखकहरूलाई संगठित गर्दै संगठनलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाउँदै  स्मारिका प्रकाशन गर्ने योजना रहेको जनाए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार