पुँवार गाउँ समाजद्वारा ५९ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण (तस्बिरहरु)

  नयाँ बुलन्द
112 Shares

इलाम : इलामको देउमाई नगरपालिका-९ जीतपुरस्थित पुँवार गाउँ समाजले ५९ जनाल ज्येठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

पुस २५ गते आयोजित कार्यक्रममा १०२ वर्षीया अविमाया मगर्नी र ११७ वर्षीया मनमाया गिरीसहितलाई न्यानो कपडा वितरण गरेको हो । मगर्नीले कार्यक्रममा उपस्थित भइन् भने गिरीलाई कपडा पठाइएको पुँवार समाजले जनाएको छ ।

त्यस्तै पूर्ण अपाङ्गता भएका पाँचजना पुरुषलाई ब्ल्याङकेट र दुई जना महिलालाई जना ब्ल्याङकेट र पच्छौरा वितरण गरेको छ ।

यस्तै जेष्ठ नागरिक जिल्ला संघ इलामको तर्फबाट ९० माथिका १५ जनालाई सेकताप गर्ने मेसिन उपलब्ध गराएको छ ।

यस्तै सोही स्थाना सञ्चालित स्वास्थ्य शिविरमा ४७ र दन्ततर्फ ५८ जनाले सेवा लिएको पुँवार गाउँ समाजका सदस्य राम मगरले जानकारी दिए ।

पुँवारगाउँ समाजका भुवानसिंह मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य गोविन्द गिरी, ९ नं. वडा अध्यक्ष याम लिम्बू, जेष्ठ नागरिक इलाम  अध्यक्ष देवी गौतमलसहित स्थानीय राजनीतिक दल र समाजसेवीहरुको उपस्थिती थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार