राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि सरस्वती माविलाई 

  नयाँ बुलन्द
364 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालयले जितेको छ ।

शुक्रबार माङसेबुङ गाउँपालिका-४ सिङफेरेमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, छ रजत र छ कास्य पदकसहित सरस्वती माविले उपाधि जितेको हो ।

त्यस्तै सात स्वर्ण, सात रजत र तीन कास्य पदकसहित विद्या सिर्जनात्मक माविले दोस्रो स्थान हासिल गरेको छ ।

पाँच स्वर्ण, दुई रजत र दुई कास्यपदकसहित महेन्द्रोदय माविले तेस्रो स्थान हासिल गरेको छ ।

विभिन्न १२ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टस् विधाका ९१ वटा पदकमा विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालयलाई  सिल्ड,  मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा भएको कार्यक्रममा ४ नं. वडा अध्यक्ष नविन लिम्बू, शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडालगायतले विजेता र उपविजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता माङसबे्ुङ गाउँपालिकाको आयोजना र विद्या सिर्जनात्मक माविको व्यवस्थापनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार