इलाम : इलाम सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयमा लिम्बू विद्यार्थी मञ्च गठन भएको छ । मङ्गलबार भएको लिम्बू विद्यार्थीहरुको भेलाले आयुष योङहाङ लिम्बूको अध्यक्षतामा ४४ सदस्यीय समिति गठन भएको हो ।
उपाध्यक्षहरुमा अनिशा चिलिक्चम, मन्दिरा माखिम उपाध्यक्षमा आयुषा चेम्जोङ, आशिष येक्तेन भएका छन् । सचिवमा युनिषा सोङमी, सहसचिवमा प्रतिमा नेम्वाङ र सुम्निमा येक्तेन तथा कोषाध्यक्षमा अरुण योङहाङ चयन भएका छन् ।
कार्यक्रममा लिम्बू विद्यार्थी मञ्च केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकुमार लिङदम, इलाम अध्यक्ष राजेन्द्र फागो, उपाध्यक्ष रेखा वेघा, सचिव सुशिल मोरोहाङ लिम्बूलगायको उपस्थिति थियो ।