शैक्षिक सामाग्री पाएपछि विद्यार्थी दङ्ग

  शंकर चापागाईं
126 Shares

 

पाँचथर:  फिदिम नगरपालिका १२ नम्बर वडाका दुई विद्यालयका विद्यार्थीलाई पोशाक र स्टेसनरी वितरण गरिएको छ। वडाको वार्षिक विकास कार्यक्रम अन्तर्गत संक्रान्ति आधारभूत विद्यालयका ३० र पञ्चमी आधारभूत विद्यालयका ४६ गरी जम्मा ७६ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

शैक्षिक गुणस्तर अभिवृद्धिमा सहायता पुग्ने र विद्यार्थीलाई नियमित विद्यालय आुउन प्रेरण मिलोस भन्ने उदेश्यले  एक लाख २० हजार रुपैंया बराबरको सामाग्री प्रदान गरिएको वडाध्यक्ष कमलप्रसाद चापागाईंले जानकारी दिए ।

हरेक  पक्षको उन्नतीको आधार भनेको नै शिक्षा भएकोले गत वर्षबाटै वडामा यस प्रकारको कार्यक्रम संचालन  गरिएको वडाध्यक्ष चापागाईंले  बताए । विद्यार्थीको पढाइमा थप उत्साह थप्ने अपेक्षासहित गतवर्ष बुधुक आधारभूत विद्यालयमा  ७५ हजार रुपैंया बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ । उनले पाउने सेवासुविधाको रकमबाट बुधुक आधारभुत विद्यालयमा एक जना  शिक्षक राखिएको छ । शिक्षाको माध्यमबाट वडाको विकास गर्न आफू लागिपरेको बताउँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सबै सरोकारवाला पक्षले ध्यान दिन जरुरी उनको भनाइ छ ।

यस किसिमको कार्यक्रम मार्फत विद्यार्थीको मनोबल बढ्ने र विपन्न परिवारका बालबालिकालाई राहत पुग्ने  स्थानीय समाजसेवी रिन्जी शेर्पाले बताए । विद्यार्थी नियमित विद्यालय पठाउँन साथै घरमा  पढ्ने वातावरण बनाउन सबै अभिभावकले जोड दिनुपर्ने उनको आग्रह छ ।  संक्रान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक टंकप्रसाद चापागाईंले वडाले विद्यालयलाई गरेको सहयोगप्रति धन्यवाद दिंदै  आगामी दिनमा पनि सहयोगी हातहरुको अपेक्षा गरेका छन् । सामाग्री पाएसँगै विद्यार्थी तथा अभिभावक दङ्ग भएका छन् । विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरू ,अभिभावक, शिक्षक, विद्यार्थी तथा वडाका जनप्रतिनिधिको उपस्थितिमा सम्पन्न वितरण कार्यक्रम संक्रान्ति आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार