पहिचानवादी मोर्चाका दुई नेता चारालीबाट पक्राउ

  नयाँ बुलन्द
294 Shares

इलाम:  मुक्कुमलुङ संरक्षणको निमित्त मेची हाइवे यातायात बन्द गराउने क्रममा  झापाको चारालीबाट पहिचानवादी मोर्चाका दुई नेता पक्राउ परेका छन्।
मेची हाइवेको प्रस्थान बिन्दुमा यातायात ठप्प बनाउन पुगेका पहिचानवादी मोर्चाका संघीय सदस्य यलम्बर लिम्बु  र पहिचानवादी मोर्चा पाँचथर जिल्लाका सदस्य सचिब सुन्दर लावती काङ्सोरेलाई प्रहरीले पक्राउ गरेको एक नेताले जानकारी दिए । अहिले झापा इलामका साथीहरू चारालीमा केन्द्रित होऔं भन्दै मुक्कुमलुङ अतिक्रमणकारीहरु विरुद्ध एकजुट हुन उनीहरुले आग्रह गरेका छन् ।
प्रहरी दमन र ज्यादती अति भो  बन्द गर जस्ता समाजिक संजालमा  पहिचानवादी मोर्चाका नेताहेरुले आक्रोस व्यक्त गरिरहेका छन् ।

 मुक्कुमलुङ (पाथीभरा) संरक्षण संयुक्त संघर्ष समितिले  पुस २१ गतेदेखि ताप्लेजुङ प्रवेश गर्ने राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा गरेको थियो ।

समितिले लामो समयदेखि मुक्कुमलुङ क्षेत्रमा केबुलकार खारेजीको माग गर्दै आन्दोल गरिरहेको छ ।

पक्राउ परेका ३ संरक्षणकर्मीको रिहा नभइञ्जेलसम्म सडक बन्द रहने समितिले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

जारी बिज्ञप्तीमा मेची राजमार्ग, तमोर कोरिडोर र मध्य पहाडी राजमार्ग बन्द रहने जनाइएको छ ।

गएको पुस १७ गते जनम लिम्बू, सुशिल लिम्बू र संजोग लिम्बूलाई (नाम्जाङ्गे) तल्लो फेदिबाट प्रहरीले गिरफतार गरी हिरासतमा म्याद थप गर्दै राखिएकोले बिना सर्त रिहा गरिनुपर्ने संघर्ष समितिको माग छ । प्रहरीले पक्राउ गर्न अगाडि नाम्जाङ्गेमा भिजिलान्तेले पक्राउ परेकालाई कुटपीट गरेको विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार