इलामः सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एकाईगत अन्तर्गत राँके सेवाकेन्द्रको साधारणसभा सम्पन्न गरेको छ ।
झापाको विर्तामोड २ नम्बर वडामा मुख्य कार्यालय रहेको नेपालकै सवै भन्दा ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले २८ औं वार्षिक साधारणसभा अन्तर्गतको एकाईगत साधारणसभा धमाधम सम्पन्न गरिरहेको छ । इलाम र पाँचथरको सिमाना राँके बजारस्थित नेपाल रेडक्रस सोसाईटी उपशाखाको भवनमा शनिवार सम्पन्न गरेको हो ।
मखमली सहारा महिला समुहकी सदस्य यसोदा बस्नेतको अध्यक्षमा सम्पन्न सभामा देउमाई नगरपालिका १ नम्बर वडाध्यक्ष मीन राज श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमका विशेष अतिथि उद्योग बाणिज्य संघ इलामका उपाध्यक्ष श्री बहादुर बिस्ट,नेपाल रेडक्रस सोसाईटी उपशाखा राँकेका सभापति रघुनाथ घिमिरे,संघसंस्थाका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य राखेका थिए । सुरक्षाकर्मी,शेयर सदस्यहरुको बाक्लो सहभागिताका संचालन भएको कार्यक्रममा प्रमुख अतिथिसहित अन्य अतिथिले सेवाग्राहीको मन जितेको यस सहकारी अरु सहकारी भन्दा अब्बल रहेको भन्दै प्रशंसा गरे ।
सहकारी संस्थाले उद्यमी बनाउन र सेवा सुविधा दिनमा सदैव अगाडि रहेको बताए । लगानी गर्दा कर्जा विष्लेषण र सदुपयोगिता हेर्न भने जरुरी रहेको उनीहरुले थप सुझावसमेत दिएका छन् । यस सहकारीले आपतविपत्त र महामारी लगायतमा हरेक ठाउँमा साथ सहयोग गर्दै आएको छ । राँके केन्द्रले शेयर सदस्यहरुलाई विद्युतीय चुल्हो सम्बन्धी अभिमुखीकरण तालिम संचालन र सुलभ मुल्यमा वितरण गर्दै हालसम्म १२४ वटा प्रदान गरेको छ । साथै अन्य सीपमुलक तालिमहरु पनि संचालन गर्दै आएको जनाइएको छ । मुख्य कार्यालयले भने १२ हजार भन्दा बढी चुल्हो लगानी गरेको छ ।
संस्थाको वार्षिक प्रगती प्रतिवेदन केन्द्रिय कार्यालय संचालक समितिका प्रतिनिधि शंकर सुबेदीले प्रस्तुत गरेका थिए भने केन्द्रिय प्रतिनिधि वरिष्ठ प्रबन्धक मुकुन्द सेन कार्कीले प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरे । संस्थाको मुख्य कार्यलयको हालसम्मको तथ्याङ्कम एक लाख ७३ हजार २६५ जना शेयर सदस्य रहेको यस संस्थाको आर्थिक वर्ष २०८०/०८१ असार मसान्तसम्म संस्थाको पुँजी तथा दायित्व १६ अर्व ८३ करोड ३३ लाख ३६ हजार ४१० पुगेको छ । शेयर पुँजी एक अर्व ६७ करोड ८६ लाख १२ हजार सात सय, निक्षेप १२ अर्व ७५ करोड ३७ लाख ६३ हजार २०८, ऋण लगानी १० अर्व ९३ करोड ९४ लाख ६१ हजार ३५८, आम्दानी एक अर्व ९१ करोड ५७ लाख ३७ हजार ४७ रुपैयाँ, खर्च एक अर्व ८० करोड ६३ लाख २१ हजार ५८१ गरेर कुल नाफा १० करोड ९१ लाख १५ हजार ४६६ रुपैयाँ गर्न सफल भएको कार्यक्रममा वितरित प्रतिवेदनमा उल्लेख छ ।
लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन २०८०/०८१ ऋण उप-समितिको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन सेवा केन्द्रका प्रमुख लक्ष्मण घिमिरेले प्रस्तुत गरेका थिए । सहारा नेपाल राँके सेवा केन्द्रमा मंसीर मसान्तसम्म लगानी रहेको रकम चार करोड ७५ लाख १२ हजार १२१ रूपैंया, शेयर रकम ३९ लाख १४ हजार आठ सय, बचत ६ करोड सात लाख ३६ हजार ४०४ रुपैंया रहेको छ । यस आर्थिक वर्षमा एक जना सदस्यको मृत्यु भएको र कर्जा मिनाहा वापत २६ हजार रकम सदस्यलाई भुत्तान गरेको जनाइएको छ ।
इलाम र पाँचथरको दुई जिल्लाका चार स्थानीयतहका सेवाग्राहीले सेवा लिइरहेको यस संस्थामा ९३५ जना शेयर सदस्य रहेका छन् । शेयर सदस्य गोबिन्द बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रममा कर्मचारी सुरज भट्टराईले संचालन गरेका थिए ।