इन्स्पेक्टर र जवानसहित ११७९ जनाका लागि सशस्त्र प्रहरीमा खुल्यो भर्ना

  नयाँ बुलन्द
350 Shares

काठमाडौं : सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ।

शुक्रबार विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन आह्वान गर्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना पक्राशित गरेको हो।

सशस्त्रले ६८ जना प्रहरी निरीक्षक, ८३ जना प्रहरी सहायक निरीक्षक, ९४१ जना प्रहरी जवान, २० जना भान्छे, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना केशकर्तक र १४ जना चर्मकर्मीका लागि आवेदन आह्वान गरेको हो।

ती ओहोदाका लागि योग्यता पुगेका र ईच्छुक नेपाली नागरिकहरूले पुस २४ गतेदेखि माघ २४ गतेसम्म  कार्यालय सशस्त्र प्रहरी बलले निर्धारण गरेको विभिन्न कार्यालयहरूमा उपस्थित भएर फाराम बुझाउनु पर्नेछ।

दरखास्त दस्तुर र योग्यता विभिन्न पदका लागि फरक फरक निर्धारण गरिएको छ।

हेर्नुस् सूचना

2025-01-03-12-08-46-2081-09-19-07-1735867398.jpg

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार