सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

  नयाँ बुलन्द
28 Shares

काठमाडौं : हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

 

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले मंगलबार स्वार्थ बाझिनेगरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको आरोपमा रोकायालाई ९ लाख ७५ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ ।

परिवारका सदस्यको नाममा फर्म स्थापना गरी कृषि अनुदान दुरुपयोग गरेको आरोपमा उनी दोषी ठहर भएका हुन् ।

विशेष अदालतले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई पनि भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै त्यति नै कैद, असुलउपर र जरिवानाको फैसला गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार