इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इलाम नगरपालिका भेला आयोजक समिति गठन भएको छ ।
सोमबार भुवन पौडेलको सभापतित्वमा आयोजक समिति गठन भएको हो । उपसभापतिमा केदार न्यौपाने चयन भएका छन् ।
सदस्यहरुमा हिमा आचार्य, दुर्गामाया सुवेदी, ज्ञानेन्द्र घिमिरे, दुर्गाप्रसाद सुवेदी, नेत्रकला खनाल, दिपक आले मगर चयन भएका छन् ।
यसैगी इलाम जिल्ला र्याट पनि गठन भएको छ । र्याटका सभापतिमा तेजकुमार श्रेष्ठ र सदस्यहरुमा लक्ष्मी श्रेष्ठ र श्रीबहादुर विश्वकर्मा रहेका छन् ।