अनुजा लेप्चाको चलचित्र देववाणी देशभर प्रदर्शन

  सिर्जना श्रेष्ठ
175 Shares

इलाम : इलामकी अनुजा लेप्चाले निर्माण तथा अभिनय गरेको पहिलो चलचित्र देववाणी हाल देशभरीका चलचित्र घरमा प्रदर्शन भइरहेको छ ।

गत पुस १० गते बुधवार क्रिसमस डेको अवसर पारेर देशव्यापी प्रदर्शनमा आएको देववाणी एक्सन र रोमन्सले भरिएको चलचित्र हो । चलचित्रका निर्देशक बाबुसाहेव बलामी हुन भने हरिबहादुर लेप्चा र मिना खड्का यस चलचित्रका निर्माता रहेका छ्न् ।

यो चलचित्र नेपालको काठमाडौं र वीरगञ्ज साथै भारतको सिमरा र राजस्थानमा छायाङ्कन गरिएको छ । देववाणीमा अभिनेत्रीको रुपमा आउनुअघि अनुजाले ‘इलामतिर’, ‘चुकचुके रेल’ लगायत केही नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

चलचित्रका नायक कुन्दन भारदाजले पनि थुप्रै सफल भारतीय टेलिसिरियल जस्तै भारतका विर पुत्र महाराना प्रताप, देवका देव महादेव, सावधान इन्डिया, जुधा अकबर, महाबली हनुमान, वालिका बधु आदिमा अभिनय गरिसकेका छन् भने पछिल्लो समय कुन्दन भोजपुरी चलचित्रहरुमा ब्यस्त छन ।

त्यस्तै यस चलचित्रमा भारतिय सुपरहिट चलचित्रहरु वान्टेड, धुम -२, वलकम, टारजन, डबल धमाल, दबङ्ग-२ आदिमा अभिनय गरिसकेका ह्यारि जोनलाइ पनि देख्न सकिन्छ साथमा नेपाली चलचित्रमा राते काइला भनेर चिनिएका शुनिल थापा, रविन्द्र झा, मौसम पौडेल लगायतका कलाकरको अभिनय रहेको छ ।

चलचित्रमा मिटर ब्याज अनि यसले निम्ताएको चुनौती साथै एक गरिब किसानले आफ्नो छोरीलााइ पढाउन ,बढाउन गरेको संघष को कथालाइ उठाइएको छ । चलचित्रको कथा निराजन मेहता मन्जिल लेखेका हुन् भने हरिबहादुर घलेको छायाङ्कन रहेको फिल्मका दन्द निर्देशक श्री श्रेष्ठ हुन् ।

त्यस्तै फिल्ममा संगीत मनोहर सुनामले भरेका छन भने नृत्य निर्देशन तेन्जु योन्जन, रामजी लामिछाने र तर्कराज न्यौपाने रहेका छन् । नेपाली र हिन्दी दुवै भाषामा निर्माण गर्ने योजना बनाएपनि अहिले नेपाली भाषामा मात्र निर्माण गरिएको र निकट भविष्यमा हिन्दी भाषामा निर्माण गरि भारत लगायत अन्य देशहरुमा पनि प्रदर्शन गरिने नायिका तथा निर्मात्री अनुजाले बताइन् ।

चलचित्रको प्रचार प्रसारको लागि कुन्दन र ह्यारि नेपालमा छ्न र देशको विभिन्न ठाउमा समेत पुगिरहेका छ्न् । पछिल्लो समयमा समिर भटको फिल्म एक्सन चलचित्र बार गाउ चलेपछि नेपालमा पुन एक्सन चलचित्र रुचाइन थालिएको छ र देववाणीमा पनि भरपुर एक्सन छ जुन दर्शकले मन पराइरहेका छ्न् ।

करिब दुई करोड ५० लाख रुपैयाँको लगानी रहेको फिल्मलाइ मौसम फिल्मस प्रोडक्सन हाउस र अनुजा इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।

इलामको सुर्योदय नगरपालिका-८ शान्तिचोक स्थायी घर भएकी अनुजाले आफ्नो पहिलो फिल्म भएको कारण धेरै कुरा थाहा नभएको र दर्शकको राम्रो साथ पाएको कारण भविष्यमा अझ राम्रो चलचित्र बनाउने बताइन् । साथै एकपटक चलचित्र हेरेर मात्र सल्लाह सुझाव दिन समेत दर्शकलाइ अनुरोध गरेकी छिन् |

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार