इलाम: इलामको फाकफोकथुम-२ गोलेगाउँ निवासी डम्बरबहादुर तामाङ मुखको क्यान्सर रोगबाट पीडित छन् । अहिले उनको झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । गत वर्षदेखि मुखको समस्या भोगिरहेका करीब ६२ वर्षीया तामाङको उपचार गर्दा धेरै रकम लागेपछि परिवारलाई खर्च जुटाउन धौधौ परेको हुँदा थप उपचारमा ढिलाई भएको पीडितका परिवारले बताए ।
घरायसी अवस्था अत्यन्तै कम्जोर रहेका क्यान्सर पीडितको परिवारलाई आर्थिक समस्या परेका कारण हाल छरछिमेक,नातागोता,इष्टमित्र र देशविदेशमा रहेका सहयोगी मनहरुबाट आर्थिक संकलनको अभियान शुरु गरिएको छ ।
थप उपचार गर्न आफ्नो आर्थिक क्षमताले नपुग्ने भएकाले परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै इच्छुक महानुभावले ९७६५२३४८१३,९८५२६८५१५७ ,९८१५९१३४६६ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । सहयोगी दाताले दलबहादुर तामाङको नाममा सानिमा बैंकको खाता नम्बर 068011060001089 वा क्युआर कोड
मा सहयोग रकम जम्मा गरिदिन परिवारबाट अपिल गरिएको छ ।