पाँचथरमा संचालित बुद्धिचाल रेटिङ खेल प्रतियोगिता सम्पन्न, ललितपुरका रुपेश जैसवाल प्रथम

  नयाँ बुलन्द
77 Shares

 

पाँचथरः जिल्लामा आयोजना भएको प्रथम राष्ट्रिय चासोक बुद्धिचाल रेटिङ खेल प्रतियोगितामा ८ अंक ल्याएर ललितपुरका रुपेश जैसवाल प्रथम भएका छन् ।  झापाका सुश्री दाहालले ७.५ अंक ल्याएर द्वितिय भएकाछन् भने खोटाङका धिरेन राईले ७ अंक प्राप्त गरी तृतिय भएका छन् । उनीहरुले क्रमशः तीस ,पच्चीस र १८ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् ।

यसैगरी,प्रतियोगितामा दमकका राजन सुबेदी चौथो, काठमाण्डौका नवीन तन्दुकार पाँचौ, धरानका चुडामणी राई छैंटौ,  दमकका प्रकास चन्द नेपाल सातौं, दमककै कृस अधिकारी आठौं, बिराटनगरका उमेश राई नवौं र दमकका सुमन श्रेष्ठ दशौं भएका छन् ।

विधागततर्फ भने हिलसाइ प्रथम पाँचथरका रिजन थापा, सत्रसय इलोमा धरानका नेत्र छन्त्याल, पाँचथर प्रथम गगन लावती, पाँचथर द्वितिय, महेन्द्र सम्बाहाम्फे, अनुसासनमा ताप्लेजुङका सन्तोस पालुङवा, अन्डर रेटेडमा ताप्लेजुङका मनिस हेल्लोक, फिदिम प्रथम बिजयबोध लावती,  महिला प्रथम झापाकी कृतिसारा अधिकारी, भेटान्स झापाकै डिकेस्वर थापा भएका छन् ।

फिदिम दोस्रो दिनेस भटेटराई, जनप्रतिनिधीमा प्रेमराज फोम्बो, महिला प्रथम सेसेना चेम्जोङ र पन्ध्र वर्ष मुनिमा ताप्लेजुङका अर्पण भट्टराई बिजेता भएको आयोजक पाँचथर बुद्धिचाल संघले जनाएको छ । खेलमा देसका चार महिला सहित ८२ जना बुद्धिचाल खेलाडी सहभागी भएको खेलमा नौ राउण्डको खेल खेलेका थिए ।  बिजेताहरुलाई प्रदेश पूर्वमन्त्री बलबहादुर साम्सोहाङ,फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेले पुरस्कार वितरण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार