घुर्विसे पञ्चमीः इलाम र पाँचथरको सिमान पुरानो पञ्चमी निवासी लमु शेर्पा पाठेघरको क्यान्सर रोगबाट पीडित छिन् । अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । गत वर्षदेखि पाठेघरको समस्या भोगिरहेकी ५५ वर्षीया शेर्पालाई झापाको बिएण्डसी अस्पतालमा परीक्षण गरि क्यान्सर भएको पत्ता लागेपछि भक्तपुर लगिएको थियो । लामो समय उपचार गर्दा धेरै रकम लागेपछि परिवारलाई खर्च जुटाउन धौधौ परेको हुँदा उपचारमा ढिलाई भएको पीडितका श्रीमान पेम्बा शेर्पाले बताए । भर्खर पौष ४ गते अप्रेसन गरेर उनी उपचारका क्रममा छिन् ।
घरायसी अवस्था कम्जोर रहेका शेर्पा परिवारलाई आर्थिक समस्या परेका कारण हाल छरछिमेक,नातागोता,इष्टमित्र र देशविदेशमा रहेका सहयोगी मनहरुबाट आर्थिक संकलनको अभियान शुरु गरिएको छ । थप उपचार गर्न आफ्नो आर्थिक क्षमताले नपुग्ने भएकाले परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै इच्छुक महानुभावले ९८६९७५३४०२,९८२७९६५५१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । सहयोगी दाताले लमु शेर्पाको नाममा एनआसी एसिया बैंकको खाता नम्बर ००३५७५२६३४४०४००१ वा क्युआर कोड
मा सहयोग रकम जम्मा गरिदिन परिवारबाटअपिल गरिएको छ ।