राष्ट्रिय युवा संघ,नेपाल फाल्गुनन्दको अध्यक्षमा मनोज आङदेम्बे

  नयाँ बुलन्द
203 Shares

 

पाँचथरः  नेकपा (एमाले) निकट भातृ संगठन राष्ट्रिय युवा संघ,नेपालको फाल्गुनन्द गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न दोस्रो अधिवेशनबाट मनोज आङदेम्बेको नेतृत्वमा २१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा मुकेश चेम्जोङ ,सचिव राजेश राई,सहसचिवद्वय राकेश नेम्बाङ र धिरेन राई चयन भएका छन् ।  राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश कमिटी सह-इन्चार्ज गणेश योङहाङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा नेकपा एमाले फाल्गुनन्द गाउँपालिका कमिटी अध्यक्ष पूर्ण कुमार नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको  जिल्ला कमिटी सदस्य आङ्देम्बेले जानकारी दिए । पालिका स्तरीय अधिवेशनमा जिल्ला,प्रेदश र केन्द्रियस्तरका नेताहरूको उपस्थिति रहेको  उनले बताए । एक नगरपालिकासहित आठ स्थानीयतह रहेको पाँचथर जिल्लामा राष्ट्रिय युवा संघ,नेपालको जिल्ला अधिवेशन पुस मसान्तसम्म सम्पन्न गर्ने गरी हाल सबै पालिकामा घमाधम अधिवेशन संचालन भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार