पाँचथरः राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरको सभापतिमा प्रकाश गुरुङ चयन भएका छन् । सोमबार फिदिममा सम्पन्न रास्वपाको पहिलो जिल्ला सम्मेलनबाट गुरुङ सभापतिमा चयन भएका हुन् ।
सम्मेलनबाट पार्टीको उप-सभापतिमा शहरसिं तामाङ, सचिवमा धनकुमार धमला ,सहसचिवमा यामकुमार शिवाकोटी र कोषाध्यक्षमा सिर्जना रिजाल चयन भएकी छिन् ।
सदस्यहरुमा मुना लक्सम,महेश्वर तिम्सिना,चन्द्र प्रसाद आर्चाय,रबिन आङदेम्बे,सुनिल बर्मा र कुलराज तामाङ रहेका छन् ।
पार्टीका केन्द्रिय सदस्य, संघीय सांसद डा.तोसिमा कार्की, सह-प्रवक्ता रमेश प्रशाईंलगायतका नेताहरुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको जनाइएको छ । फिदिम नगरपालिका ४ नम्बर वडाका निवर्तमान वडाध्यक्ष समेत रहेका नव निर्वाचित सभापति गुरुङ फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका हाल अध्यक्ष छन् ।-केन्जो खबरबाट