तमोर करिडोरको भुल्केमा पेट्रोल पम्प संचालन भएपछि आम नागरिकलाई सहज

  नयाँ बुलन्द
231 Shares

पाँचथरः ताप्लेजुङ- पाँचथरदेखि इटहरी जोड्ने तमोर करिडोर सडकमा करीब ४ करोडको लागतमा अत्याधुनिक प्रविधिको पेट्रोल पम्प सञ्चालनमा आएको छ । ताप्लेजुङ -पाँचथर खण्ड हुँदै  इटहरीबाट बिराटनगर जोड्ने सडकमा बढ्दो सवारीसाधनको चापलाई मध्यनजर गर्दै अत्याधुनिक सुविधासहितको किराँत पेट्रोल पम्प सञ्चालनमा आएको हो ।

पाँचथरको कुम्मायक गाउँपालिका ५ नम्बर वडास्थित भुल्केमा सञ्चालनमा आएको उक्त पेट्रोलपम्प यूरोपियन मापदण्डका आधारमा निर्माण गरिएको सञ्चालक सुमन लामाले बताए । मुलुकका सुविधासम्पन्न शहरमा भएका पम्पमा हुने सबै सुविधा नयाँ संचालनमा आएको यस पेट्रोलपम्पबाट उपलब्ध गराइने जनाइएको छ ।
तमोर करीडोर सडकबाट ताप्लेजुङको पबित्र तीर्थस्थल पाथीभरामा जाने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्यामा क्रमशः वृद्धि हुँदै जानु र ठूलो क्षमताका पम्पहरू नहुँदा  पेट्रोलियम पदार्थको अभाव सृजना हुने गरेका कारण यातायात व्यावसायी र यात्रुहरुको सहजताका लागि आफूले पम्प सञ्चालनमा ल्याएको उनले बताए ।

अत्याधुनिक डिजिटल प्रविधिबाट सञ्चालन गरिने पम्पमा ३४ हजार लिटर डिजेल र १६ हजार लिटर पेट्रोल गरी ५० हजार लिटर भण्डारण क्षमता रहेको छ । लामो दूरीका सवारीसाधन पार्किङ गर्ने, दुईतर्फबाट सवारीसाधन जान आउन सक्ने र एकै पटकमा आठ ओटा सवारीसाधनले इन्धन भर्न सक्ने बनाइएको छ । चारैतर्फ सीसी क्यामरा जडान गरिएको र पार्कसमेत निर्माण गरिएको सो पेट्रोलपम्पमा नजिकै होटल तथा ग्यारेज समेत सञ्चालनमा ल्याइएको छ । नयाँ पेट्रोल पम्प संचालनले यस सडक मार्फत ओहोर-दोहोर गर्ने हरेक मानिसलाई इन्धन अभावमा सडकमै अलपत्र भएर बस्नु पर्ने वाध्यता टरेको छ ।  भुल्केमा पेट्रोल पम्प संचालन भएपछि आम नागरिकलाई सहजय भएको छ । सअघि उक्त सडकमा एउटा पनि पम्प सञ्चालनमा आएका थिएनन् । -केन्जो खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार