संसद सेवा प्रभावकारी हुन सकेन : अध्यक्ष दाहाल

  नयाँ बुलन्द
21 Shares

काठमाडौं: राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरु व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् । ।

१८औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसद, सरकार र सरकारी संयन्त्रहरुले जनता र राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारणले संसदको भुमिका प्रभावकारी हुन नसकेको बताएका छन्  ।

संसदको भुमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामहरुको कारणसहित उजागर गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले सांसदहरुलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस हुन आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार