काठमाडौं : मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसिमा तोकिएकोमा उक्त समयसिमा भित्र ४७ पदका लागि १३३ जनाको उम्मेदवारी दर्ता भएको हो ।
यस्तै बरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाई, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोसन पुरीसहित ४ जनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन् भने पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।
यस्तै उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् भने पण्डित चौतारी नेतृत्व प्यानलका उम्ेमदवार हुन् । यस्तै महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार हुन् भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।