धर्मगुरु लिङदेनको जन्मोत्सवमा मङ्गलबार माङसेबुङ र माईमा सार्वजनिक विदा

  नयाँ बुलन्द
315 Shares

किरात धर्मगुरु आत्मानन्द लिङदेन

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सवमा मङ्गलबार (१८ मंसिर) सार्वजनिक विदा दिएको छ ।

गाउँपालिका र नगरपालिकाले आफ्नो पालिकाको तर्फबाट सूचना जारी गर्दै धर्मगुरु लिङदेनको जन्मोत्सवमा १८ मंसिरमा  माङसेबुङ क्षेत्रभित्र स्थानीय बिदा दिइएको जानकारी दिएका छन् ।

धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा दुवै पालिकाले विगतदेखि नै दिदैं आएको सार्वजनिक विदा यसवर्ष पनि निरन्तरता दिएको हो ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङ गाउँपालिका-५ मा १८ मंसिरमा बर्सेनि जन्मोत्सव विशेष धार्मिक कार्यक्रम हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार