गाेबिन्द पाैडेल, राेङ : राेङ गाउँपालिकाकाे जिर्मलेकाे दुईवटा स्वास्थ्य सस्थाहरुमा थेरापि सेवा सुचारु भएपछि सेवाग्राहिहरुकाे चाप बढेकाे छ
राेङ ६ काे जिर्मले स्वास्थ्य चाैकि र रम्भ्याङ आधारभुत स्वास्थ केन्द्रमा फिजियाे थेरापि सगै अन्य सेवाग्राहिहरुकाे चाप रहेपनि न्युन जनशक्तिकाे कारण सेवा सचालनमा कठिनाई देखिएकाे छ ।
दुईजना स्वास्थ्य कर्मि रहेकाे रम्भ्याङ आधारभुत स्वास्थ्य केन्द्रमा गत मसिर ९ गते देखि उपकरण सचालन गर्न दुई दिन स्वास्थ्यकर्मी लाई तालिम प्रदान थेरापिस्ट मनिषा पाेखरेल उपस्थित हुदा सेवाग्राहिहरुकाे चापकाे कारण बिहान ७ बजेवाट बेलुका ७ बजेसम्मनै चलाउनु परेकाे अहिलेपनि दैनिक ३० जना सेवाग्राहि आउने गरेकाे अनमि रुपा राईले बताए ।नियमित स्वास्थ्य सेवा,खाेप,रिपोर्टिङ लगायतकाे अतिरिक्त फिजियाे थेरापि समेत सुचारु थरिदा आफुहरुलाई अत्यन्तै कठिन अवस्था रहेकाे सेवाग्राहिकाे चाप अनुसार एक बिरामिलाई ३५ मिनट गरिनु पर्ने थेरापी १५ मिनट गरिनु बाध्यता रहेकाे उनले बताए ।
हाडजाेर्नि,मासपेसिका दुखाई,नशासबन्धि ,पक्षघात समस्याभएका बिरामीहरुलाई उपयाेगि मानिने फिजियाे थेरापीमा साेहि प्रकारका बिरामिहरु आउने गरेकाे अनमि राईले बताए ।
यसवारेमा राेङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेसग कुरा गर्दा सिमित जनशक्तिकाे बावजुत पनि सेवाग्राहिकाे चापअनुसार जनशक्ति थप गर्ने पहल भईरहेकाे र केहिदिनमै थप जनशक्ति ब्यवस्थापन गर्ने बताए ।
स्वास्थ्य सेवा लिन अशक्त,जेष्टनागरिकहरु अाईरहदा जनशक्ति अभावकाे कारण लामाे समयसम्म पनि पालाे पर्खनु पर्ने बाध्यता रहेकाेले जनशक्ति ब्यवस्थापनमा स्थानि सरकारले तुरुन्तै पहल गर्नुपर्ने स्थानिय युवा रजित साम्पाङले बताए ।