सहकारी ठगीमा रवि लामिछानेसहित चारै जनाको म्याद १५ दिन थपियो

  नयाँ बुलन्द
35 Shares

rabi-lamichhane-kaski-court.jpg

पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित चारै जना थप १५ दिन हिरासतमै रहने भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश भीमलाल बेलबासेकाे इजलासले रविसिहत चारै जनालाइ १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका चारै जनालाई म्याद थपका लागि आज बिहान १० बजे नै कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनालकाे म्याद थपिएकाे हाे ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो ।

कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप भएकाे थियाे ।

यसबीचमा उनलाई रुपन्देहीसमेत पुर्‍याइएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा उनीसँग चार दिनमा करिब २२ घण्टा लगाएर बयान लिइएको थियो । बयानमा क्रममा सोधिएका ६० प्रश्नमा उनले इन्कारी जवाफ दिएको बताइन्छ ।

रविलाइ केही दिनमै काठमाडौँ लैजाने तयारी छ । सहकाी ठगीमा लामिछानेलाई बयानका लागि काठमाडौँ पठाउने विषयमा छलफल भइरहेको डीएसपी वसन्तकुमार शर्माको भनाइ ।

काठमाडौँमा जोशीको भने बयान लिइसकेको छ । जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई कात्तिक २५ छैटौँ पटक १३ दिनको म्याद थप भएको थियो ।

यस्तै, सूर्यदर्शन सहकारीको रकम अपचलनमै कास्की प्रहरी हिरासतमा रहेका लीला पछाइ र व्यवसायी रामबहादुर खनाललाई पनि अदालतले कात्तिक २५ गते १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीकै रकम अपचलन आरोपमा कुमार रम्तेल पनि कास्की प्रहरी हिरासतमै छन् । उनीमाथि पनि अनुसन्धान जारी छ । उनलाई काठमाडौँमा बयान सकेर केही दिन अघि नै कास्की फर्काइएको थियो ।

लाछिानेसहितलाई अदालत पुर्‍याइएसँगै शहीदचोक, राष्ट्रबैंकचोक, वाईचोक, बैदाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियाे । यी क्षेत्रमा सयौँका सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियाे । सुरक्षाकर्मीले त्यस क्षेत्रमा सवारी सञ्चालनमा पनि रोक लगाएको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार