धसिंगारेको इलाममा व्यवसायीक खेती

  नयाँ बुलन्द
91 Shares

जंगलमा पाइने जडिबुटी धसिंगारेको इलाममा व्यवसायीक खेती

इलाम : जंगलमा खेर गएको धसिंगरे खेतीतर्फ इलामका किसान आकर्षित भएका    छन् ।  औषधिय गुण भएको धसिंगरेको तेल नेपालबाट महङ्गो मूल्यमा युरोप निर्यात हुन थालेपछि किसान धसिंगरेको व्यवसायी खेतीमा आकर्षित भएका हुन् ।
जंगलमा पाइने धसिंगरे २ वर्ष अघिसम्म महत्वहिन थियो । गाउँका किसानले धसिंगरेको फल खाने र गाईबस्तुको घाँसमा प्रयोग हुन्थ्यो । तर अहिले इलामका किसानले धसिंगारेको व्यवसायीक खेती थालेका छन् ।
नेपालबाट निर्यात हुने औषधिय तेलमा धसिङ्गारे एक नम्बरमा पर्छ । जसका कारण तेल उत्पादन गर्ने उद्यमीले धसिंगरेको स्याउलाको माग गरेपछि किसानले व्यवसायीक रुपमा खेती थालेका हुन् । धसिंगरेको तेल दुखाई कम गर्न प्रयोग हुने मालिस तेल बनाउने युरोप निर्यात हुन्छ ।
धसिंगरेको तेलको मुल्य प्रतिलिटर ८ हजार रहेको छ । जसका कारण व्यवसायीक रुपमा खेती हुन थालेको किसान देउकुमार राईले बताए ।
१ हजार ८ सय मिटरदेखि २५ सय मिटरसम्म उचाईमा पाइने धसिंगरे अहिले अन्य जडिबुटी सरह व्यवसायीक खेती हुन थालेको हो ।
आलु उत्पादन गरेर चामल र कोदोसँग साट्दै जीवन गुजारा गर्ने लेकाली क्षेत्रका बासिन्दा अहिले धमाधम धसिंगरे खेती गर्दै आएका हुन् ।
जंगलमा भेला पारेर बिक्रि हुँदै आएको धसिंगरेको व्यवसायीक खेतीका लागि किसानलाई डिभिजन वन कार्यालय इलामले जडिबुटी खेती कार्यक्रमबाट प्रोत्साहान समेत गरेको छ । जंगलबाट संकलन हुँदै आएको धसिंगेरको संरक्षण गर्नमा सहयोग पुग्ने उदेश्यले खेतीमा प्रोत्साहान गरेको वन अधिकृत गजेन्द्र श्रेष्ठले बताए ।
ठोक्किएको र मर्किएको ठाउँमा लगाउँदा निको हुने धसिंगरेको तेल फ्रान्स र भारतमा बढी निर्यात हुन्छ । धसिंगरे भाले र पोथि हुन्छ । पोथि धसिंगरेमा बास्ना आउँछ । चिया खेती जस्तै मुन्टा र डाला मात्रै काट्ने भएकाले धसिंगारे एक पटक रोपेपछि एक सय वर्षसम्म उत्पादन लिन सकिने अध्ययनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार