इलाम र पाचँथरको सिमानामा ३३/११ केभी माङ्सेबुङ सबस्टेसन शुरु

  नयाँ बुलन्द
301 Shares

 फाइल तस्वीर

 

काठमाडौंः  इलाम र पाचथरको सिमानामा माङ्सेबुङ सबस्टेसन सञ्चालनमा आएको छ।

नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोग लिएर निर्माण गरिएको ३३/११ केभीको मान्सेबुङ सबस्टेसन बुधवारबाट सञ्चालनमा आएको हो। इलाम र पाँचथरमा विद्युत् आपूर्ति सुधार गरी दीर्घकालीन रूपमा भरपर्दो विद्युत् सेवा दिन सबस्टेशनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिएको आयोजना प्रमुख बोधराज ढकालले बताए ।

‘निर्माण सुरू भएको करिव ५ वर्षपछि मंसिर ५ गतेदेखि सबस्टेसन सञ्चालनमा आएको हो। चार्ज भएको छ,’ उनले बताए । सबस्टेसन सञ्चालनमा आएपछि भएपछि माङ्सेबुङ गाउँपालिकाका वडा नम्बर १, २, ५ र फाकफोकथुम गाँउपालिका-५ का करिव १५ हजार स्थानीय यसबाट लाभान्वित हुने इलाम वितरण केन्द्रका प्रमुख बिजलीप्रसाद यादवले बताए ।

तीन एमभीएको ३ वटा फिडरमा २ वटा इलाम र एउटा पाँचथरमा रहने उनले जानकारी दिए।

बर्खाको समयमा पटक-पटक विद्युत् आपूर्ति अवरुद्ध हुने तथा भोल्टेज लो हुने समस्याले यो क्षेत्र ग्रस्त थियो,’ उनले भने, ‘अब यस्ता समस्या समाधान हुने विश्वास लिएका छौं।’ वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत एसियाली विकास बैंकको लगानीमा २५ वटा सबस्टेसन तथा वितरण लाइन निर्माण भइरहेको छन्।

त्यसमध्ये जयदुर्गे जेभीले १३ वटा सबस्टेसनको निर्माण ठेक्का पाएको थियो। माङ्सेबुङ सबसस्टेसन पनि सोही कम्पनीले निर्माण गरेको हो।-उर्जाखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार