रुकुमपूर्वबाट उपनिर्वाचमा माओवादी केन्द्रले खाता खोल्यो

  नयाँ बुलन्द
224 Shares

 

 काठमाडौं: रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् ।

कांग्रेस-एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयबाट भने यसको औपचारिक घोषणा हुन बाँकी छ । उपनिर्वाचमा माओवादी केन्द्रले पहिलो खाता खोलेको हो ।

गत निर्वाचनमा पनि वडा नम्बर २ एमाले र कांग्रेसले गठबन्धन गरेर चुनाव लडेका थिए । तर माओवादी केन्द्रका उम्मेदवार जसबहादुर शिर्पाली विजयी भएका थिए ।

यसैगरी पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी उम्मेदवार सुनिता बुढाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा छिन् ।

अहिले एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त प्रचार अभियान चलाइरहेको नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले जानकारी दिए ।

उपाध्यक्ष पदमा कांग्रेसको चुनाव चिह्नबाट एमालेकी जिल्ला उपसचिव केशकुमारी तुलाचन उम्मेदवार छिन् ।

गत निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएकी माओवादी केन्द्रकी भुपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष माओवादी केन्द्र जसबहादुर शिर्पालीको बागलुङमा भएको दुर्घटनामा निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।-अनलाईन खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार