काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको आज दिउँसो १ः३० बजे निधन भएको ढुंगानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वापूर्व योगदान दिएका उनी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि परेका थिए । उनका श्रीमति, दुई छोरा र एक छोरी छन् । ढुंगानाको भोलि अन्त्येष्टि स्वकीय शर्माले जानकारी दिए । रासस