एमाले इलामको ११ औं जिल्ला अधिवेशन सुरु 

 

इलाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको ११ औं जिल्ला अधिवेशन बिहीबार इलाम सदरमुकाममा सुरु भएको छ ।

जिल्ला अधिवेशन आयोजक कमिटि अध्यक्ष गणेशप्रसाद बरालको अध्यक्षतामा सुरु भएको अधिवेशनको उद्घाटन एमाले उपाध्यक्ष गुरु बरालले गरे । अधिवेशन उद्घाटन सत्रमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेश अध्यक्ष खनश्याम खतिवडा र केन्द्रीय सदस्य रामबहादुर मगरलगायत समेत सहभागी छन् ।

शुक्रबारसम्म सञ्चालन हुने अधिवेशनले पार्टीको राजनीतिक, आर्थिक र सांगठानिक प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष बरालले जानकारी दिए ।

अधिवेशनमा जिल्लाका ८१ वटा, २१ जनसङ्गठन र पेशागत सङ्गठन, तीन इलाका शाखा  एउटा विशेष वडा कमिटिबाट चयन भएका पाँच सय ८७ प्रतिनिधि सहभागी छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिवसहित एक सय २५ सदस्यीय जिल्ला कमिटि चयन हुनेछन् ।

अधिवेशनबाट आयोजक कमिटि अध्यक्ष बराल आफैं दोहोरिएर अध्यक्ष बन्न चाहेका छन् । उनका प्रतिष्पर्धीका रुपमा नरेन्द्रनाथ भट्टराईले अध्यक्षमा दावी गरेका छन् । भट्टराई केन्द्रीय सल्लाहकार सदस्य हुन् । नेताहरुले सकेसम्म सर्वसम्मत रुपमा र नभए निर्वाचनबाट नेतृत्तव चयन हुने बताउँदै आएका छन् ।

उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उदयबहादुर राई, सचिव उमेश गुरुङ र प्रतिनिधिसभा क्षेत्र नम्बर २ संयोजक बुद्धि खनालबीत प्रतिष्पर्धा हुने देखिएको छ । सचिवमा वर्तमान उपसचिव रविन्द्र सुवेदी र कार्यालय सचिव प्रकाश अधिकारीबिच प्रतिष्पर्धा हुने देखिएको छ ।

उपसचिवमा भने नौ जना उम्मेद्वार मैदानमा छन् । उपसचिवमा वर्तमा विष्णुमाया आचार्यसहित हेमन्त राई, दिलकुमारी लिम्बू, सरु राई, विष्णुमाया भुजेल,  छवि श्रेष्ठ, प्रेमराज लिम्बू, याम याबरा थुलुङ र मनकुमार बराईली आकाङ्क्षी देखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार