विराटनगर : कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ परेका छन् ।
जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्ड्री राई छन् ।
यो प्रकरणमा अधिकारी समेत अहिले प्रहरी हिरासतमा छन् । यससँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ ।