तुम्रोकको सट्टामा, फाल्गुनन्दमा प्रमुख प्रशासकिय अधिकृत तुम्वापो

  युद्धबहादुर बोहोरा
329 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक विदाई (फेरी भेटौला) अन्तर्गत फाकफोकथुम गाउँपालिका इलाममा सरुवा भएका छन् । उनको सट्टमा देवी तुम्वापो आएका छन् । सोमबार पालिकाले विदाई तथा स्वागत कार्यक्रमको आयोजना गरी तुम्रोकलाई विदाई गरेको छ भने तुम्वापोलाई स्वागत गरिएको पालिकाका योजना शाखा प्रमुख निर्मल अधिकारीले जानकारी दिए ।

चार वर्ष दुई महिना पाँच दिन यस पालिकामा सफल कार्यसम्पादन गरेका तुम्रोक राष्ट्र सेवक कर्मचारीको रुपमा २०७३ सालमा निजामती सेवा नायव सुब्बामा प्रवेश गेरका थिए । उनी २०७४ मंसिर २५ गते नेपाल सरकारको शाखा अधिकृतको रुपमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदस्थापन भएका थिए । इलाका प्रशासन कार्यालय खिजीफलाटे, ओखढु‌ङ्गा र जिल्ला प्रशासन कार्यालय, पाँचथर हुँदै २०७७ साल भदौ २२ देखि २०८१ साल कात्तिक २५ गतेसम्म यस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवा गरेका हुन् ।

अधिकृत तुम्रोकको कुशल कार्य शैली र उच्च कार्य सम्पादनका कारण नै यस पालिकाका लामो समयसम्म टिक्न सफल भएको र यस पालिकाले राष्ट्रिय चर्चा कमाएका विभिन्न सकारात्मक कार्यहरुमा उनले खेलेको भुमिका प्रशंसनीय रहेको आम नागरिक र जनप्रतिनिधीले स्वीकारेका छन् । पालिका गौरवको आयोजना प्रशासकिय भनव निर्माण गर्न उनकै कार्यकालमा शिलन्यास हुनु पालिकाबासी नागरिले कहिल्यै नभुल्ने छाप छोडेका छन् । यस पालिकामा कार्यरत रहँदा आफ्ना दुवै बुवाआमा गुमाउँएर शोकमा परेका बेलामासमेत तुम्रोकले कुनै विचलित नभई निरन्तर नागरिकको सेवा प्रवाहमा लागिरहनुले एक कर्तव्यनिष्ट राष्ट्रसेवक कर्मचारीको उदाहरण बनेका छन् ।

पालिकाको समग्र विकासका लागि पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी कार्यकालको सफलताको शुभकामनासहित पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे,उपाध्यक्ष ठाकुरसिं नेम्वाङसहित वडाध्यक्षहरुबाट विदाईमा उनलाई दोसल्लासहित प्रशंसा-पत्र प्रदान गरिएको छ । पालिकाका सवै वडा र शाखाका कर्मचारीहरुको उपस्थितिमा विदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको थियो ।

संयोगवस प्रशासकिय अधिकृत तुम्रोककै समकालीन,एउटै भुगोल र एकै समयमा सरकारी सेवामा प्रवेश गरेका तुम्वापो उनको स्थानमा आएका छन् । उनी विभिन्न स्थानीयतह र जिल्ला प्रशासन कार्यालय पाँचथरमा सेवा गरिसकेका छन् भने हाल मालपोत कार्यालय पाँचथरबाट यस पालिकामा सरुवा भइ आएका हुन् । उनलाई स्वागत गर्दै पालिका परिवारले कार्यसफलताको शुभकामना व्यक्त गरेका छन् । पालिकाको समग्र उन्नती र प्रगतीमा नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत तुम्वापोको कार्यसम्पादन उच्च रहने पालिकाबासीले अपेक्षा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार