पाँचथर: पाँचथर बुद्धिचाल संघद्वारा जिल्लामा सात जना बुद्धिचाल खेलाडीलाई फिदिममा सम्मान गरेको छ । हालै तेह्रथुम जिल्लामा सम्पन्न भएको सातौं खुल्ला रेटिङ दिपावली बुद्धिचाल खेल प्रतियोगितामा पाँचथरबाट सहभागी भएका मध्ये सात जना प्रतियोगिबाट पुरस्कार बिजेतालाई सम्मान गरेको हो । जिल्ला बाहिर प्रतियोगितामा भाग लिएर एकै पटक सात पुरस्कार हात पार्न सफल बनेसंगै खेलाडीहरुलाई पाँचथर सोमबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
केलकुद विकाश मार्फत जिल्लालाई चिनाउन सफल भएका खेलाडीलाई थप प्रेरणा दिने र चेस खेलको प्रवर्द्धनमा उनीहरुको योगदनाको कदर गर्ने उदेश्यले खेलाडी सम्मान कार्यक्रमको आयोजना गरिएको पाँचथर जिल्ला बुद्धिचाल संघ अध्यक्ष बिजयबोध लावतीले जानकारी दिए ।
फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले र जिल्ला खेलकुद समिति अध्यक्ष सन्तोस मोक्तानले दोसल्लासहित प्रशंसा-पत्रद्वारा उनीहरुलाई सम्मा गरिएको छ । तेह्रथुमको आठराई गाउँपालिकामा आयोजना भएको खुल्ला बुद्धिचाल खेल प्रतियोगितामा देशका सत्तरी जना बढी खेलाडी सहभागी भएका थिए । पाँचथरबाट खगेन्द्र कुमार आङदेम्बे तेस्रो, गगन लावती पाँचौं, जयबिक्रम चेम्जोङ सातौं, जय प्रकाश नेम्बाङ आठौं र महेन्द्र कुमार सम्बाहाम्फे दशौं स्थानमा परेका छन् भने गोविन्द्र फुयाँल अनरेटेड प्रथम र सुर्य लावती अनरेटेड दोस्रो भएको उनले बताए ।
पाँचथर बुद्धिचाल संघले पनि जिल्लामा प्रदेश तथा जिल्ला स्तरीय चेस खेल विभिन्न स्थानहरुमा आयोजना गर्दै आएको जनाएको छ । आगामी दिनमा चेल खेलको माध्यमबाट पाँचथर जिल्लालाई देशभर चिनाउने खेलाडी उत्पादन तर्फ हरपल कोशिस गरिरहने अध्यक्ष लावतीको भनाइ छ ।