झापा : किरात याक्थुङ चुम्लुङ झापा शाखाले तिहारमा देउसीभैलोबाट सङकलन गरेको रकम बिर्तामोडस्थित झापा जिल्ला कार्यालय भवन मर्मत सम्भारमा खर्च गर्ने भएको छ ।
शुभ दिपावली–२०८१ अर्थात वालिहाङ् तङनाम–छण्डद्ध को नाम्लिङगे– लारिङ्गे कार्यक्रमबाट चुम्लुङ शाखाले करिव १ लाख ७७ हजार ८५२ रूपैयाँ सङकलन गरेको कोषाध्यक्ष तारा लिम्बुले जनाएकी छिन् । चुम्लुङ जिल्ला समितिले जिल्लाको विर्तामोड, काकडभिटा , दमक लगायतका स्थानमा तीन दिन सामूहिक रुपमा देउसी सञ्चालन गरेको थियो ।
चुम्लुङ जिल्ला अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा विहिबार बसेको जिल्ला सचिवालय बैठकले निर्णय गरे अनुसार देउसे कार्यक्रम सञ्चालन गर्दा विभिन्न शिर्षकमा खर्च भएको रकम रू. ३२ हजार पैंतालीस रूपैयाँ कटाएर बचत रहन गएको रकम रू १ लाख ४५ हजार ८०७ रूपैंयाँ चुम्लुङ भवन रङ्गरोगन, मर्मत सम्भार, खानेपानीको धार जडान र चर्पो व्यवस्थापनमा खर्च गर्ने सचिवालयले निर्णय गरेको जानकारी गराइएको छ ।
सचिवालय बैठकले जिल्ला कार्य समितिको नियमित बैठकमा अनुमोदन गरी कार्य प्रारम्भ गर्ने निर्णय गर्दै कियाचु जिल्ला सदस्य धर्म लक्सम्बाको संयोजकत्वमा तीन सदस्यीय कार्यालय भवन मर्मत, सम्भार तथा खानेपानी व्यवस्थापन उप–समिति समेत गठन गरेको छ । जसमा सदस्यहरू जिल्ला सदस्य मणिकुमार लिम्बू (गौरव) र योगचन्द्र आङ्बुहाङ् रहेका छन् । यसैगरी उपाध्यक्ष हस्त बहादुर आङदेम्बेको संयोजक्त्वमा अनुगमन उप–समिति समेत गठन गरिएको छ । जसमा सदस्यहरू सचिव भिममाया नेम्बाङ् र सह–सचिव कमला यङहाङ् लावती रहेका छन् ।
किरात याक्थुङ चुम्लुङ सङघीय कार्यालयबाट प्रदेश नं. १ को कोशी नाम खारेजीको विषयमा लेखिएको पत्रमाथि सचिवालय बैठकमा व्यापक छलफल गरि झापा जिल्लाबाट प्रतिनिधित्व गर्ने सङघीय सदस्यहरू, राष्ट्रिय चुम्लुङ सदस्यहरू, प्रदेश सदस्यहरू, प्रदेश सल्लाहकारहरू, जिल्ला सल्लाहकारहरू, जिल्ला पदाधिकारी एवम् सदस्यहरू, विभिन्न नगर, गाउँ शाखाका अध्यक्ष र सचिवहरूको संयुक्त बैठक यहि कार्तिक २४ गते शनिवारका दिन चुम्लुङहिममा बस्ने समेत निर्णय भएको सचिवालयले जनाएको छ